करोडौंका योजना अलपत्र

करोडौंका योजना अलपत्र
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा निर्माणाधीन सभाहल। विक्रम परियार
सुन्नुहोस्

रुकुम पूर्व : रुकुमपूर्वमा निर्माण सुरु भएका कैयौं योजना अलपत्र परेका छन्। निर्माण कार्यमा निरन्तरता नहुँदा करोडौं रकमका योजना अलपत्र परेका हुन्।

सिस्ने गाउँपालिका–५ को कमलदहको छेवैमा पाहुना घर बन्न लागेको करिब चार वर्ष भयो, अझै सकिएको छैन। संघीय सरकारको २ करोड ७५ लाख रुपैयाँ बजेटबाट विशिष्ट व्यक्तिका लागि पाहुना घर निर्माण गर्न सुरु गरिएको थियो। पटक–पटक समय थप गरेर ३ बर्षमा भवन उभ्याइए पनि सबै काम सकिएको छैन।

आयोजना ठेक्कामा लगाउने सरकारी निकाय र निर्माण कम्पनीले यसमा चासो नदेखाएका कारण सञ्चानलमा आउन ढिलाइ भइरहेको छ। सिस्ने गाउँपालिका–५, रुकुमकोटस्थित कमलदहनजिक १२ कोठे सरकारका भीआईपी पाहुनाका लागि पाहुना घर बन्न लागेको हो।

२०७६ भदौ महिनाभित्र काम सम्पन्न गरिसक्ने गरी भवन सबडिभिजन कार्यालय दाङले ग्याल्बा क्याराभान जेभी कन्ट्रक्सन प्रालिसँग २०७५ भदौमा भवन निर्माणको सम्झौता गरेको थियो। तर, निर्माण व्यवसायीले पेटी ठेक्का दिएपछि यो अलपत्र परेको हो। पटक–पटक समय थप गर्दै गरिएको योजनामा संघीय सरकाले ९३ लाख रुपैयाँ बजेट हालेको छ।

पुथाउत्तरगंगा गाउँपालिका ११ तल्लोसेराको मोटरेवल पुलको पनि त्यस्तै हालत छ। सहिद मार्गअन्तर्गतको यस सडकका लागि संघ सरकारले रोल्पा र रुकुमका लागि भनेर १६ करोड बजेट विनियोजन गरेको मध्यको यो पुल पनि २०७८ सालमै डीपीआर भइसकेको अवस्थामा स्थानीयको विवादलाई देखाएर काम अगाडि बढाएको छैन। 

भूमे गाउँपालिका ५ बालुवादेखि पुथाउत्तरगंगा १४ देउखोला र जामावगर सडक खण्डमा पनि ठेकेदार कम्पनीको चरम लापरवाहिले ७ बर्षसम्म सडक निर्माण भएको छैन। संघीय सरकारको साझेदारीमा एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक निर्माण हुन लागेको हो।

शंकरमाली निर्माण सेवा प्रालिले रुकुम पूर्वक्षेत्रमा ३० करोड रकममा कामको जिम्मा लिएका थियो। अहिले यस सडकको ट्रयाक खोल्नका लागि लामा कन्ट्रक्सन नभई शंकरमाली निर्माण सेवा प्रालिले जिम्मा लिएको छ। यसले पनि कडा चट्टान र कोभिड जस्ता बाहाना बनाई काम अगाडि बढाएको छैन।

रुकुमकोटको ढकलबारामा निर्मानाधीन जिल्लास्तरीय रंगशालामा पनि क्रमागत टुक्रे बजेटका कारण निर्माण कार्य अलपत्र परेको छ। २०७३ सालमा १० लाख र २०७४ सालमा ३० लाख रकम बिनियोजन भई लगानी समेत भइसकेको छ। विभिन्न सरकारको लगानीमा सुरु भएको यस योजनामा पनि बेलाबेला अपुग बजेटका कारण रंगशालाको काम सम्पन्न हुन नसकेको स्थानी जितकुमार शाहले बताए। सिस्ने गाउँपालिकाले यसमा १८ लाख लगानी गरिसकेको छ।

रुकुम जिल्लाकै महत्वपूर्ण योजनाका रूपमा हेरिएको सभाहलको योजनाले पनि जग्गाको यकिन नगरी साढे २५ करोडको ठेक्का अगाडि बढाउदा अन्योलता सिर्जना भएको छ। यसमा पनि केहि जग्गाको काम टुंगिए पनि केही गौचरणको जग्गा स्थानीय सरकारको मातहतमा लिन नसक्दा समस्या देखिएको छ। 

कुल २२ रोपनी क्षेत्रफलको जग्गामा ३ हजार जना अट्ने गरी बन्ने भनिएको उक्त सभाहल करिब साढे १८ महिनामा नै सक्ने गरी सरकारले आर्थिक वर्ष २०७६÷७७ को जेठ ८ गते २५ करोड ६४ लाख ४४ हजारमा ठेक्का दिएको थियो। २०७८ मंसिर २३ गतेभित्र सभाहल निर्माण सम्पन्न गरिसक्ने लक्ष्यका साथ आयोजनाले गत २०७६ जेठ ८ गते निर्माण कम्पनीसँग सम्झौता गरेको थियो।

जसअनुसार समय सीमाकोे एक वर्ष नाघिसक्दासमेत काम निर्माणाधीन अवस्थामा छ। कतिपय बन्दै गरेका योजना अलपत्र अवस्थामा छन् भने निर्माण भइसकेका संरचनासमेत व्यवस्थापनको बहाना देखाएर प्रयोगमा आउँदैनन्। यस्ता अलपत्र योजनाहरूलाई निरन्तरता दिनका लागि बेला बेला ताकेता गर्दै आएको जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.