बैतडीमा व्यावसायिक बीउ उत्पादन

बैतडीमा व्यावसायिक बीउ उत्पादन
सुन्नुहोस्

‘२५ जनाको समूह छ, प्रत्येक महिलाले ६० किलोदेखि १ क्विन्टलसम्म उत्पदान गर्दै आएका छौं, सहकारीसँग सम्झौता गरी बिक्री गर्छांै, बजारको समस्या छैन’, उनले भनिन्।

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ को थलालगाउँ कृषि पकेट क्षेत्र हो। यहाँका किसानहरूले मौसमी तथा बेमौसमी कृषिउपज र बीउ उत्पादन गर्ने गरेका छन्। विगत २ वर्षदेखि यहाँका किसानहरूले प्याजको बीउ उत्पादन गरी लाखौं आम्दानी गर्ने गरेका छन्। एक कृषकले ६० किलोदेखि १ क्विन्टलसम्म प्याजको बीउ उत्पदान गरी बिक्री गर्ने गरेका छन्। ३ हजार रुपैयाँ प्रतिकिलोका दरले बीउ बिक्री गर्ने गरेको स्थानीय किसान कुसुम थलालले बताइन्। बजारको समेत समस्या नरहेको उनले बताइन्। 

‘२५ जनाको समूह छ, प्रत्येक महिलाले ६० किलोदेखि १ क्विन्टलसम्म उत्पदान गर्दै आएका छौं, सहकारीसँग सम्झौता गरी बिक्री गर्छांै, बजारको समस्या छैन’, उनले भनिन्।

साझेदार निकाय रुडेस र अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका किसानहरू प्याजको बीउ उत्पदान गरिरहेका हुन्। गाउँमा २५ जना महिलाको कृषक समूह गठन गरी आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गरी किसानहरूलाई प्याजको बीउ उत्पदानमा सहयोग गरिरहेको रुडेस बैतडीका कार्यक्रम अधिकृत गोपाल भाटले जानकारी दिए।

थलालगाउँका २५ जना महिलाले प्याजको बिउ उत्पदानबाट १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनले बताए। यहाँ उत्पदान भएको प्याजको बीउ नार्कबाट समेत प्रमाणित (सर्टिफाइड) गरिएको बीउ हो। 

अन्य खेतीको तुलनामा प्याजको बीउ उत्पदानबाट तेब्बरले फाइदा हुने गरेको अर्की किसान निरा थलालले बताइन्। ‘विगतमा तरकारी खानको लागि मात्रै प्याज लगाउथ्यौं, गत वर्षदेखि प्याजको बिउ उत्पदान गर्ने गरेका छौँ, आम्दानी पनि बढेको छ,’ उनले भनिन्। 

सिँचाइको सुबिधा भएको अवस्थामा व्यावसायिक खेती वृद्धि गर्न सकिने यहाँका किसानहरूले बताएका छन्। सिँचाइ पर्याप्त नहुँदा थप खेती गर्न नसकिएको मानमती बोहरा थलालले बताइन्। ‘सिँचाइ सुबिधा छैन, जेनतेन तरकारी खेती गरीरहेका छौं, सिँचाइ सुबिधा भएको भए बीउ खेती अझै बढाउन सकिन्थ्यो,’ उनले भनिन्। 

मुहान अभावमा गाउँमा सिँचाइँ पुर्‍याउन समस्या भइरहेको वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.