कसरी बच्ने जन्मदोषबाट ?
क्रोमोजोमको कारण बच्चा अपांगता हुन्छ। अर्थात् अन्डा तथा शुक्रकीट स्वास्थ्य नहुनु हो। अन्डा र शुक्रकीट स्वस्थ्य हुन आमा र बुवाको स्वस्थ्य राम्रो हुनुपर्छ।
अधिकांश नेपाली कृषिमा आधारित छौं। हामी खेतीबालीसम्बन्धी केही जानकार पनि छौं। कुनै खेती वा बाली लगाउनुअघि खेत वा माटो तयार पारिन्छ। अनिमात्र केही रोप्छौं। फेरि आवश्यकताअनुसार गोड्ने, मल तथा पानी हाल्नेजस्तो काम गरेमात्र राम्रो फल लाग्ने हुन्छ। अहिले त अझ माटो परीक्षण रे। बाली लगाउनु अगाडि नै मल लगाउने काम गर्नुपर्छ। सन्तान पाउनु पनि बाली उब्जाउनु जस्तै हो। सन्तानका लागि गर्भवती हुन खोजेको महिलालाई पनि यस्तै केही हिसाबले तयार गर्नुपर्छ। हरेक बुहारीले स्वस्थ्य अनि सुन्दर सन्तान पाइदेउन् भन्ने चाहना सासूको हुन्छ। बच्चा सुन्दर होस्
सुन्दर र स्वस्थ्य सन्तानका लागि गर्भवती पनि स्वस्थ्य ढंगबाट हुनुपर्छ भन्ने चाहिँ धेरैको हुँदैन। धेरैले यो चुरो कुरो नबुझेर पनि हुन सक्छ। थोरैले मात्र गर्भको बच्चा स्वस्थ्य तथा सुन्दर बनाउन गर्भवतीको राम्रो स्याहार गरेको पाइन्छ। जन्मिँदै बच्चामा देखिएका त्रुटि तथा असरहरूलाई ‘कन्जनाइटल डिफेक्ट वा डिसअर्डर’ अर्थात् जन्मदोष भनिन्छ। यस्ता जन्मदोषहरूलाई गम्भीरताका साथ लिने गरेका हँुदैनन्। तर, जसको सन्तान जन्मिँदै अपांग हुन्छन्। उनको पीडा निकै गहिरो हुन्छ। बोल्नुपर्ने उमेरमा आफ्नो बच्चाले बोल्न नसक्दा अनि हिँड्नुपर्ने उमेरमा हिँड्न नसक्दा कस्तो होला ? यसले आमा–बुवालाई मात्र पीडाबोध हँुदैन, समाज र राष्ट्रलाई नै सोच्न बाध्य बनाउँछ।
विश्व स्वास्थ्य संघको तथ्यांकअनुसार करिब ६ प्रतिशत बच्चामा जन्मदोष हुन्छन्। संघकै प्रतिवेदनअनुसार जन्मदोषको कारणले २ लाख ४० हजार शिशुको मृत्यु जन्मेको २८ दिनभित्र हुने गरेको छ। मृत्यु हुने १० शिशुमध्ये ९ हाम्रोजस्तो कम तथा मध्य आय भएका देशहरूको हुने गरेको सो प्रतिवेदनमा छ। कुनै पनि बच्चा अशक्त तथा अपांग जन्मिनु वा जन्मदोष हुनुको एउटामात्र कारण हुन्छ भन्ने छैन। यस्ता कतिपय अवस्थामा अनेक कारण हुन सक्छ भने कतिपय अवस्थामा कारण पत्ता लगाउन सकिँदैन। अशक्त बच्चा जन्मिनुमा क्रोमोजोमदेखि वातावरणीय कारणले समेत हुन्छ। बच्चाको विकास हुने भनेको आमाको गर्भमा हो। त्यसैले सबैभन्दा पहिलो स्वास्थ्य अण्डा र स्वास्थ्य शुक्रकीटको समायोजन गर्भमा हुनु जरुरी छ। क्रोमोजोमको कारण बच्चा अपांगता हुन्छ। अर्थात् अन्डा तथा शुक्रकीट स्वास्थ्य नहुनु हो। अन्डा र शुक्रकीट स्वस्थ्य हुन आमा र बुवाको स्वस्थ्य राम्रो हुनुपर्छ।
जन्मिने बच्चा चाहिँ स्वस्थ चाहिने तर गर्भवती महिलाको स्वास्थ्य भनेजस्तो भए पनि हुन्छ भन्ने धारणा अभैm पनि समाजमा व्याप्त छ। तर गर्भवती महिला नै स्वस्थ छैनन्, उमेर नै नपुगी गर्भवती भएका छन्, गर्भवती नै कुपोषित छन् भने स्वस्थ्य सन्तान कसरी सम्भव हुन्छ ? यस अवस्थामा बच्चा अपांगता वा अशक्त भएको जन्मिने खतरा हुन्छ। नौ महिनासम्म आमाको गर्भमा नै बच्चाको विकास हुन्छ। सुरुको तीन महिना एकदमै संवेदनशील हुन्छ। यस अवधिमा बच्चाका अंगहरू बन्ने बेला हो। यो बेला पोषणको कमी, चोटपटक, गर्भवतीले धूमपान तथा मद्यपान गरेमा, बच्चालाई असर गर्ने खालको कुनै औषधि सेवन गरेमा गर्भको बच्चाको विकासमा कमी हुने तथा जन्मदोष देखिन सक्ने हुन्छ। वातावरण प्रदूषण, विकिरणहरू आदिले पनि गर्भका बच्चालाई अपांगता बनाउन सक्छ। त्यस्तै गर्भवती महिलामा शारीरिक र मानसिक रूपमा स्वास्थ्य छैन भने यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्छ।
स्वस्थ बच्चा जन्माउन आमाको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। गर्भवतीहरूले पोषणयुक्त खाना खानुका साथै अति आवश्यक पोषक तत्त्वको कमी हुन नदिन थप भिटामिन वा प्रोटिन लिनुपर्ने हुन सक्छ। हाम्रो देशमा देखिने जन्मदोषहरूमा मुटुमा समस्या, न्युरल ट्युब डिभेक्ट र डाउन सिन्ड्रोम प्रमुख रहेका छन्। यस्ता जन्मदोष कम गराउन गर्भवतीहरूलाई गर्भ रहनु अगाडिदेखि नै फोलिक एसिड सुरु गर्नुपर्छ। त्यस्तै यस अवस्थामा असर गर्न सक्ने विकिरणहरू (एक्स–रे) बाट जोगिनु पर्छ। कतिपय औषधिले गर्भको शिशुमा असर गर्न सक्ने भएकाले चिकित्सकीय परामर्श बिनाऔषधिहरूको
प्रयोग गर्नु हँुदैन।
आमाको उमेर पनि स्वस्थ्य बच्चाका लागि महत्त्वपूर्ण मानिन्छ। कम उमेरमा बच्चा जन्माउँदा पनि बच्चामा जन्मदोष हुने तथ्य अध्ययनहरूले देखाएको छ। त्यसैले २० वर्षपछि मात्र बच्चा जन्माउनु पर्छ। गर्भवती महिलाले धूमपान तथा मद्यपान गर्नु हँुदैन। साथै गर्भवतीको उमेर ३६ वर्ष पार गरिसकेपछि अन्डाको उत्पादनमा कमी आउन सक्ने भएकाले सोभन्दा अगाडि नै गर्भको योजना बनाउनुपर्छ। गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परीक्षण गराउने, गर्भको बच्चाको विकास भएको पत्ता लगाउन चिकित्सकको सल्लाहबमोजिम अल्ट्रासाउन्ड (भिडियो एक्स—रे) गर्ने तथा आवश्यकताअनुसार औषधि र पोषकतत्त्व लिने गरे जन्मदोष पक्कै कम गर्न सकिन्छ।