प्रकाश र ताराले झुमाए हङकङ

प्रकाश र ताराले झुमाए हङकङ
सुन्नुहोस्

हङकङ : चर्चित गायक प्रकाश सपुत र द भ्वाइस अफ नेपाल सिजन ३ कि फस्ट रनरअप ताराश्रीष मगरले हङकङेली दर्शकहरूलाई छमछमी नचाए।

सारा घले र मुस्कान ठकुरीको संयुक्त आयोजनामा सम्पन्न प्रकाश तारा साँझ तथा रात्रीभोज कार्यक्रममा गायकद्वयले हङकङेली दर्शकहरूको सांगीतिक भोक मेटाएका हुन्।

गायक सपुतले नेपालको सम्झना, बेथिति, विवशता र गाउँको भाका अनि परदेशीको पिडा मिश्रित गीत गाउँदा वातावरण भावुक बनेको थियो। 

उनले आफ्ना चर्चित गीतहरू गलबन्दी, पीर, मेरो पनि हैन र, यो देश लगायत दर्जनभन्दा बढी गीतहरूबाट दर्शकहरूलाई छमछमी नचाए त कहिले रुन बाँध्य पारे।

द भ्वाइस अफ नेपालबाट दर्शकहरूको प्रिय गायिका बनेकी ताराश्रीष मगरको कल्चरल र पप गीतहरूको प्रस्तुतिले वातावरण मज्जाले तात्यो।

हङकङ जोर्डनस्थित ब्लु ओशन रेष्टुरेन्ट एण्ड बारको कार्यक्रम हलमा सम्पन्न कार्यक्रममा स्थानीय प्रतिभाहरूले समेत आफ्नो नृत्य प्रस्तुत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.