फेवातालमा डुंगा पल्टिँदा एकको मृत्यु
![फेवातालमा डुंगा पल्टिँदा एकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_DUGcK6sqmn.jpg)
पोखरा : पोखरामा शनिबार दिउँसो ४:१० बजे चलेको हावाहुरीका कारण फेवातालमा डुंगा (प्याडलबोट) पल्टिँदा घाइते एक जनाको मृत्यु भएको छ।
डुंगामा सवार पाँच जनामध्ये प्याडलबोट पल्टिएर च्यापिँदा गम्भीर घाइते भएकी पोखरा-१ बगरकी ७० वर्षीया यम माया गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवर्ण विकले जानकारी दिए।
गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा ५ : २५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
हावाहुरीले फेवातालको बीचमा रहेको ताल बाराही मन्दिर पछाडि प्याडलबाट पल्टिएपछि डुंगा व्यवसायी, सशस्त्र प्रहरी, नेपाल आर्मीले बोटमा सवार पाँच जनाको सकुसल उद्धार गरेको थियो भने सोही डुंगामा सवार गिरीलाई घाइते अवस्थामा तालबाट निकालेर अस्पताल लगिएको थियो।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)