माओवादीसँग एकता गर्दै नेपाल समाजवादी

माओवादीसँग एकता गर्दै नेपाल समाजवादी
सुन्नुहोस्

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग तत्काल पार्टी एकीकरण हुन लागेको हो।

काठमाडौं : बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग माओवादी केन्द्रले तत्कालै पार्टी एकता गर्ने भएको छ। पार्टी एकीकरण वार्ता समितिका एक सदस्यका अनुसार बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीसँग तत्काल पार्टी एकीकरण हुन लागेको हो।

उनी भन्छन्, ‘यसका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक कुरा नै गरिसक्नुभएको छ।’ उनले अहिले न्यूनतम साझा कार्यक्रम बनाएर काम अघि बढाउने बताए। भने, ‘विचार मिल्नेसँग एकता पनि हुन सक्छ। अरूसँग मोर्चाबन्दी गरेर अघि बढ्छ।’

माओवादी पार्टीका उपाध्यक्ष तथा वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र वार्ता समितिका सदस्य गिरिराजमणि पोखरेलले नेकपा माओवादी समाजवादी पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी र नेता तिलक मगरसँग बिहीबार पार्टी एकताका लागि छलफल गरेका थिए। माओवादीका वार्ता समितिले पार्टी एकीकरणका लागि नेकपा पार्टीका महासचिव विप्लव, नेकपा अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुती र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील)सँग छलफल गरिसकेको स्रोतले जनाएको छ।

चारवटै वामपन्थी पार्टीहरूका नेतासँग पार्टी एकताका लागि बिहीबारअघि नै केहीसँग माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र केहीसँग उपाध्यक्ष तथा पार्टी एकीकरणका लागि गठित वार्ता समितिका संयोजक कृष्णबहादुर महराले औपचारिक छलफल गरेका थिए।

पार्टी एकीकरणका लागि भएको छलफलमा माओवादी नेतासँग पूर्वमाओवादी नेताहरूले एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन्। विप्लव, आहुती, ऋषि कट्टेल लगायतसँग पार्टी एकताका लागि भएको छलफल सकारात्मकतर्फ अघि बढेको माओवादीका एक वरिष्ठ नेताले बताए। भने, ‘छलफल सकारात्मक अघि बढेको छ। एकअर्काबीच पार्टीको डकुमेन्टहरू आदानप्रदान पनि भएको छ।’ अहिलेको राजनीतिक परिस्थिति, आआफ्ना पार्टीको संगठनात्मक अवस्था बारे जानकारी आदानप्रदान भएको उनले बताए।

तर, माथि उल्लेखित चार वामपन्थी पार्टीले देशको वर्तमान राजनीतिक अवस्था चरम संकटमा र गम्भीर अवस्थामा रहेको त्यससँग लड्न एक भएर अघि बढ्ने उनीहरूले निष्कर्ष निकालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.