आधा कर्मचारीको भरमा भन्सार कार्यालय, सबै छोटी भन्सार बन्द

आधा कर्मचारीको भरमा भन्सार कार्यालय, सबै छोटी भन्सार बन्द

इलाम : ७० किलोमिटर सीमा क्षेत्रको भन्सार उठाउने जिम्मा पाएको पशुपतिनगर भन्सार कार्यालय स्वीकृत दरभन्दी भन्दा आधा कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ। 

त्यस कार्यालय मातहतमा रहेको सबै छोटी भन्सार कार्यालय दुई वर्षभन्दा बढी समयदेखि बन्द छन्।

कर्मचारी अभाव, कृषि तथा पशु क्वारेन्टाइन, अध्यागमन विभागका लगायत सुरु नहुँदा प्रभावकारी काम हुन नसकेको कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर लामाले बताए।

उनले पछिल्लो समयमा पशुपतिनगर नाकाबाट आउने भारतीय पर्यटक र सवारी साधन बढेकाले पुस महिनामा राजस्व संकलनमा वृद्धि भएको बताए।

पशुपतिनगर भन्सारमा २० जना कर्मचारीको दरबन्दी भएपनि दुई करारसहित १० जना मात्रै कार्यरत रहेका छन्।

कार्यालयले रोङ गाउँपालिकाको नेपाल भारत सीमावर्ती अन्तिम विन्दुदेखि पशुपतिनगरबाट ७० किलोमिटरको दूरीमा रहेको पाँचथरको च्याङथापुसम्म निगरानी गनुपर्ने निमित्त प्रमुख लामाले बताए।

पशुपतिनगर नाकाबाट तरकारी (हरियो), छुर्पि, दूध, फुलको दाना, तितौरा, घिउ, गोरु, रागा, चिज लगायतका सामग्री निर्यात हुने गरेको छ। 

सो नाकाबाट कपडा, चप्पल, जुत्ता, चिनी, आर्कशील्ड खदा कपडा, फिङ, गमलालगायतका सामग्री आयात हुने गरेको छ।

भन्सार कार्यालयले साउन यता एक करोड १२ लाख ८ हजार ९१८ रुपयाँ राजस्व संकलन गरेको बताए। भन्सारले वर्ष भरिमा एक करोड २२ लाख ८२ हजार राजस्व उठाउने लक्ष लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.