बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित

बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित

मकवानपुर: बागमती प्रदेशको सभामुखमा राप्रपाका महासचिव भुवन पाठक निर्वाचित भएका छन्।

 
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पाठकले ६२ मत प्राप्त गरे। उनको बिपक्षमा ३९ मत आएको थियो भने ७ सांसद तठस्थ बसेका थिए।
 
सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरे। उनको बिपक्षमा ६५ खसेको थियो। सता गठबन्धनसँगै नेमकिपाले पनि बिपक्षमा मत गरेको थियो। 

 नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुले ३ मत प्राप्त गरिन् । उनको बिपक्षमा ९८ मत र  ७ मत तठस्थ थियो।

प्रदेशसभामा ११० सदस्य छन्।  पाठकको प्रस्तावकमा एमाले संसदीय दलका नेता जगनाथ थपलिया र सर्मथकमा माओवादी सांसद युवराज दुलाल रहेका थिए। 

कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिएका अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार थिए।  नेमकिपाको तर्फबाट सभामुखकी उम्मेदवार  सैंजुको प्रस्तावकमा संसदीय दलका नेता सुरेन्द्रराज गोसाँई र समर्थकमा गीता काफ्ले थिए। 

प्रदेश सभाका जेष्ठ सदस्य बाहेक १०९ जना प्रदेशसभा सदस्यले मतदानमा सहभागिता जनाएका थिए। नवनिर्वाचित सभामुख पाठक राप्रपाका महासचिव तथा समानुपातिक सांसद हुन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.