दोलखामा निर्माणाधीन फिल्मसिटीको अवलोकन

दोलखामा निर्माणाधीन फिल्मसिटीको अवलोकन

दोलखा : दोलखामा निर्माणाधीन फिल्म सिटीको सरोकारवालाले अवलोकन गरेका छन्। 

भीमेश्वर नगरपालिका-९ डाङडुङेडाँडाको १५ सय रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्मसिटीको काम सुस्त गतिमा अघि बढिरहेका बेला सरोकारवाला निकायको टोलीले भ्रमण गरेको हो।

शनिबार सञ्चार मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उपसचिव श्रीधर ज्ञवाली र सुरेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष एवं बरिष्ठ कलाकार भुवन केसी, बोर्डका सदस्य सचिव टंक महत, बरिष्ठ कलाकार एवं अन्तर्राष्ट्रिय फिल्मसिटी निर्माण समितिका संयोजक मदनदास श्रेष्ठ, समाजसेवी शोभित उप्रेती लगायतको टोलीले भ्रमण गरेको थियो। 

अध्यक्ष केसीले फिल्मसिटीलाई बोर्डले उच्च प्राथामिकता दिएको बताए । यसको निर्माणमा झण्डै १८ अर्ब खर्च लाग्ने अनुमान गरिएको निर्माण समितिका संयोजक बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए। 

भौतिक संरचना निर्माणमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएअनुसार अहिलेसम्म निर्माण स्थलसम्मको साढे छ किलोमिटर सडक निर्माण भएको छ। केही किलोमिटर कालोपत्रे समेत गरिएको श्रेष्ठले बताए। 

निर्माण स्थलमा बिजुली तथा खानेपानीको व्यवस्थापन भइरहेको र अहिलेसम्म प्रशासनिक भवन, सांस्कृतिक भवन र गेष्ठहाउसको निर्माणमा करिब ३५ करोड रुपैयाँ खर्च भएको निर्माण संयोजक श्रेष्ठले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.