गौरीशंकरका ८० घर पहिरोको उच्च जोखिममा

गौरीशंकरका ८० घर पहिरोको उच्च जोखिममा

दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्बुको मानेडाँडा/छम्माडाँडा आसपासको ८० भन्दा बढी घरधुरी पहिरोको उच्च जोखिममा छन् । दुई वर्षअघि गएको पहिरो नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकारले अहिलेसम्म पनि पहल नगर्दा वडा–७ मार्बुको ८० भन्दा बढी घर धुरी उच्च जोखिममा रहेको स्थानीय निमा तेम्बा शेर्पाले बताए। 

‘अहिले पनि पहिरो खसिरहेकै छ। पहिरो नजिकै ठाडो च्याङमार्के खोला रहेकोले पनि वर्षायाममा थप जोखिम हुन्छ’, तेम्बाले भने, ‘अहिलेको पहिरो १० मिटर जतिमात्र बढ्यो भने पनि ८० भन्दा बढी घरधुरीका मानिस अन्यत्र सर्नुको विकल्प रहँदैन।’ पहिरोका कारण नजिकैको झोलुंगे पुलसमेत जोखिममा रहेकोले साविक मार्बु–३ र ४ का विद्यार्थी र अन्य स्थानीयलाई आवत–जावतमा समेत समस्या भएको छ।

पहिरो नियन्त्रणका लागि पहल गर्न आफूहरूले तीनै तहको सरकारलाई आग्रह गरेको भए पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयको गुनासो छ। वर्र्षाअघि नै पहिरो नियन्त्रणका लागि काम नभए ८० भन्दा बढी घरधुरीका मानिस विस्थापित हुने तेम्बाले बताए।

गौरीशंकर–७ का वडाध्यक्ष सोनाम शेर्पाले मार्बु–७ को मानेडाँडा/छम्माडाँडा आसपासको ठूलो पहिरोले स्थानीयलाई आवतजावतलगायतमा समस्या भएको बताए। पहिरो नियन्त्रण स्थानीय सरकार क्षमता बाहिरको काम भएकाले केन्द्रीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ छ। 

२०७७ सालमा गएको पहिरो नियन्त्रणमा विगतको स्थानीय सरकारले खासै पहल नगरेको उल्लेख गर्दै वडाध्यक्ष शेर्पाले भने, ‘हामी निर्वाचित भएर आएपछि भू–संरक्षणलगायतका निकायसँग पहल गरिरहेका छौं।’ उनले तत्कालका लागि १०/१२ सय वटा ग्याबिन जाली भए पनि पहिरो नियन्त्रणमा सहयोग पुग्ने उल्लेख गर्दै त्यसका लागि वडाले सक्दो प्रयत्न गर्ने बताए। ‘विगतमा पहिरो पन्छाउने काम मात्र भयो। अब पहिरो नियन्त्रणका लागि पहल गरिरहेका छौं। केन्द्र र प्रदेश सरकारकोे सहयोग चाहिन्छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.