जुन काम देख्यो म त्यो सिक्ने मान्छे हुँ, ओलीले खुलाए आफ्नै रहस्य

जुन काम देख्यो म त्यो सिक्ने मान्छे हुँ, ओलीले खुलाए आफ्नै रहस्य

पोखरा : ‘मेरो ठाउँ यस्तो हो जहाँ सपना देखिथ्यो, तर ठूलो सपना देखिँदैन थियो। हाम्रोतिर एक मानाको बन्दोबस्त भन्ने चलन थियो। कोही छोरी माग्न आयो एक मानाको बन्दोबस्त छ कि छैन भन्ने हुन्थ्यो। यो नै ठूलो सपना थियो,’ ऊ बेलाको आफ्ना बालापनको समय सम्झिँदै उनले भने। आफू दुर्गम गाउँमा जन्मिएको र भर्खरमात्रै त्यहाँ बाटो र बिजुली पनि पुगेको उनले सम्झिए। तर राणा शासन अन्त्य लगत्तै विद्यालय भने पुग्यो। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गम गाउँमा जन्मिएर हुर्किंदा अचेलका बालबालिकाहरूले जस्तो सपना पनि देख्न नपाएको सुनाउँदै थिए। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ओली शुक्रबार 'राजनीति बाहिर'का कुरा गर्दै थिए। अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग अन्तरंग कुराकानी गरे र राजनीतिबाहेक कला, साहित्य, जीवन र दर्शनका केस्राकेस्रा केलाउने प्रयास गरे। 

ओलीले जीवनलाई उमेरमात्रै नभएको भन्दै अर्थ्याए। ‘म बालक हुँदाको, म किशोर हुँदाको पनि हो। उमेर भनेको विभिन्न समयको हो नि त,’ उनले भने, ‘जीवनको रंगहरूजस्तै जीवनका रसहरू पनि विभिन्न प्रकारका हुन्छन्। क्यानभासका रंगजस्तै वा साहित्यका रसहरूजस्तै अथवा संगीतका स्वर, सुर र तालहरूजस्तै विविधता हुन्छ जिन्दगीमा।’ 

‘जेलमा हुँदा कमिज सुरुवाल आफैं काट्थेँ, आफैं सिउँथे। जे काम पनि सिक्न रुचि राख्थेँ। मलाई कुनै पनि काम सानो ठूलो भन्ने लाग्दैनथ्यो,’ उनले भने, ‘अहिले पनि म खाना बनाउने काम गरिराख्छु। खाना बनाउन बढ्तै समय लाग्छ, त्यसैले म भाँडा माझ्छु।’  

धेरै काममा पोख्त ओलीले त्यसको राज पनि खुलाए। ‘सानै उमेरमा आमा बित्नु भएकाले पनि थुप्रै काम सिकियो। मलाई गाउँघरमा बाती काट्नेदेखि लिएर टपरी दुना गाँस्ने, गुन्द्रीको भत्यौरी, तान बुन्ने, गजुरा सुकुल बुन्ने र पराल खोसेला सबैका पिरा बनाउन आउँछ मलाई,' उनले भने, ' जुन काम देख्यो म त्यो सिक्ने मान्छे हो। यहाँ पोखरा जेलमा बस्दा कपडा बुन्ने काम पनि गरेँ। मन परेका दिदी बहिनीहरूलाई सारी बनाएर पठाइ पनि दिन्थेँ कहिले कहिले।’ 

ओलीले कमिज सुरुवाल काट्न र सिलाउन पनि जानेका छन्। ‘जेलमा हुँदा कमिज सुरुवाल आफैं काट्थेँ, आफैं सिउँथे। जे काम पनि सिक्न रुचि राख्थेँ। मलाई कुनै पनि काम सानो ठूलो भन्ने लाग्दैनथ्यो,’ उनले भने, ‘अहिले पनि म खाना बनाउने काम गरिराख्छु। खाना बनाउन बढ्तै समय लाग्छ, त्यसैले म भाँडा माझ्छु।’  

तरकारी केलाउन र खाना पकाउनमात्रै नभइ भाँडा माझ्न पनि पछि नपरेको उनले बताए। ‘सफा खाना खानुपर्छ भने थाल त माझ्नुपर्छ। नमाझीकन कसरी सफा हुन्छ। माझ्ने काम सानो, सफामा खाने काम ठूलो। कसरी? मैले मेलो पाएको थिइनँ,’ ओलीले भने। कविता र गीत लेख्ने, बाँसुरी बजाउने, स्नुकर खेल्नेदेखि कपडा सिलाउनसम्म जान्ने ओलीले त्यस्ता सिप कौशल सिकाइको रहस्योद्घाटन पनि गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.