पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित

कुश्मा : पर्वतवाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित भएका छन्। भर्खरै सम्पन्न अन्तिम मत परिणाम अनुसार गिरीले २ हजा २ सय ६३ मतको अन्तरले बिजयी भएका हुन्।

उनले २९ हजार ८ सय ७२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले २७ हजार ६ सय ९ मत पाएका छन्। गिरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि २०७४ सालको निर्वाचनमा पनि जोशीसँगै १२ हजार ५ सय मतको अन्तरमा विजयी भएका थिए। 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यको सिट रहेको पर्वतमा दुबै प्रदेश सभामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र'क' मा एमालेका भक्त कुँवर माओवादीका सुदिप कुँवरलाई पराजित गर्दै विजयी भएका छन् भने प्रदेश 'ख'मा नेपाली कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गर्दै एमालेका मित्रलाल बस्याल विजयी भएका हुन्। पर्वतमा ६६ हजार २ सय २३ मत खसेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.