रोल्पाको क्षेत्र नं. १ (ख) मा स्वतन्त्र दिपेन्द्रकुमार पुनमगर विजयी

रोल्पाको क्षेत्र नं. १ (ख) मा स्वतन्त्र दिपेन्द्रकुमार पुनमगर विजयी

रोल्पा: रोल्पा क्षेत्र नं. १ (क) प्रदेशसभा तर्फ स्वतन्त्र  दिपेन्द्रकुमार पुनमगर विजयी भएका छन । 

लोकतान्त्रिक वाम गठबन्धन विरुद्ध 'वागी' बन्दै स्वतन्त्र उम्मेदवार रहेका पुनमगरले १४ हजार ९ सय  २७ मत लिई विजय भएका हुन् । उनले पानीको धारा चिन्हमा चुनाव लडेका थिए ।

जिल्लाको निर्वाचन क्षेत्र १ (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनमगरले टिकट पाएपछि नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर पुनमगरले स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवार दिपेन्द्रकुमारले गठबन्धनका अमरसिंहलाई ४ हजार ५ सय २१ मतान्तरमा जित हासिल गरेका हुन । निकटतम प्रतिद्वन्द्वी अमरसिंहले १० हजार ४ सय ६ मत ल्याए ।

नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर घर्ती मगरले ८ हजार ८ सय  ३ मत प्राप्त गरे । राप्रपा उम्मेदवार सेते दमाईले ४ सय ८३ र राप्रपा नेपालका केशरबहादुर पुनले २ सय ३७ मत पाए । निर्वाचन क्षेत्र १ (ख) मा ३७ हजार १ सय ५३ मत खसेको थियो । बदर मत १ हजार ९ सय ११ रहेको छ ।

स्थानीय तहको निर्वाचन मत परिणाममा क्षेत्र नं. १ (ख) मा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो जनमत हो । गठबन्धन हुँदापनि स्थानीय तहकै स्तरको मत परिणाम आएको हो । निर्वाचन क्षेत्र १ (क) मा नेकपा माओवादीका नेता जोखबहादुर महरा गठबन्धनको तर्फबाट उम्मेदवार भै विजयी भैसकेका छन् । प्रतिनिधिसभा तर्फ पनि गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनमगरको नै मत अग्रता छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.