इलाम र पाँचथरमा ११५ वर्षे वृद्धवृद्धाले गरे मतदान

इलाम र पाँचथरमा ११५ वर्षे वृद्धवृद्धाले गरे मतदान

इलाम : इलाम र पाँचथरमा ११५ वर्षीय नागरिकले मतदान गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाको आइतबारको निर्वाचनमा ११५ वर्षीय मतदाता सहभागी भएका हुन् । 

इलामको फाकफोकथुम गाउँपालिका-७, शिकारी भञ्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रका ११५ वर्षे मानबहादुर राईले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनको नागरिकतामा जन्म मिति १९६४ साल लेखिएको छ। तत्कालीन एकतप्पा गाउँ पञ्चायत वडा ५ मा उनको जन्म भएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका १ कि ११५ वर्षीया मनरानी आङदेम्बेले पनि मतदान गरेकी छन् । 
उनले तिर्तिरे आधारभुत विद्यालयमा मतदान गरेकी हुन् । उनको नागरिकतामा जन्म मिति १९६४ साल जेष्ठ ११ गते उल्लेख छ । 

के भन्छन् उम्मेदवार ?
नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीचमै गठबन्धन नटुट्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेपछि खनालले संविधान र गणतन्त्र सुनिश्चित नहुञ्जेल अहिलेको गठबन्धन कायमै रहने बताए । 

इलामको सूर्योदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेपछि खनालले गणतन्त्र र आउँदो निर्वाचित प्रतिनिधि सभाको आयुको सुनिश्चितता समेतका लागि गठबन्धन रहने बताए ।
 
क्षेत्र १ का उम्मेदवार तथा एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र क्षेत्र २ का उम्मेदवार सुवासचन्द्र नेम्बाङ र गठबन्धनका तर्फबाट क्षेत्र न २ मा उम्मेदवार रहेका नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्काले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रबाट मतदान गरे ।
 
उम्मेदवार नेम्वाङले निर्वाचनले देशलाई सहि दिशामा हिँडाएको बताए । उनले निर्वाचन पछि देशमा संवृद्धिको नयाँ ढोका खुल्ने बताए । 

उम्मेदवार बस्नेतले मतदानपछि देश लोकतन्त्रको बाटोमा अघि बढेको बताए । उनले जनताले देखेको समृद्ध नेपाल–सुखी नेपालीको सपना लोकतन्त्रका माध्यमबाट प्राप्त गर्न आवधिक निर्वाचन महत्वपूर्ण रहेको बताए ।
 
उम्मेदवार खड्काले निर्वाचनपछि आउने सरकारले देशमा आमूल परिवर्तन ल्याउने दावी गरे । 

जिल्लामा प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्र छन् । २ लाख २४ हजार ८ सय ७७ मतदाता छन् । प्रतिनिधिसभा क्षेत्र १ मा  १ लाख ९ हजार ५ सय ३५ मतदाता छन् । प्रतिनिधिसभा क्षेत्र २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन् ।

बिहान मतदाताको उपस्थिति निरासा जनक रहेपनि चार बजे सम्ममा ४५ प्रतिशत मतदान भएको छ । 
निर्वाचन शूरु भएको केही समयमा इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट गराइएको थियो । 

मतदान चलिरहेकै बेला केही तल बारीमा विस्फोटको ठूलो आवाज आएको थियो । माटोमुनि पुरेको अवस्थामा रहेको वस्तु पड्किएको बताइएको छ । बिहान ९ बजेतिर विस्फोट भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.