बिर्तामोडको प्रसाईँ  सुपर मार्केटमा आगलागी

बिर्तामोडको प्रसाईँ  सुपर मार्केटमा आगलागी

झापा : झापाको बिर्तामोड-५ स्थित प्रसाईँ सुपर मार्केटमा आगलागी भएको छ । मुक्तिचोकको पूर्वपट्टि दुर्गा मन्दिर छेउको प्रसाईँ मार्केटमा लागेको आगो करिब एक घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगलागीबाट राजकुमार बंशलको बंशल कपडा पसलमा पूर्ण रुपमा क्षति भएको छ । बिर्तामोडबीच बजारको पसलमा आगलागी हुँदा ठुलो क्षति हुन सक्ने त्रासले नेपाली सेना समेत खटाइएको थियो । 

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, बिर्तामोड, मेचीनगर, कमल, कनकाई र भद्रपुरको दमकल समेतको प्रयासबाट आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए । क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । विद्युत् सर्ट भएर सो आगलागी भएको आशङ्का गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.