महासभाको मौकामा र्‍याली

महासभाको मौकामा र्‍याली

न्युयोर्क : भुटानमा मेलमिलापका लागि विश्वव्यापी रूपमा दबाब दिँदै हालै अमेरिकाको न्युयोर्कमा शान्ति र्‍याली सम्पन्न भएको छ। ‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारासहितको र्‍याली शान्ति पहल भुटान (पीआईबी)ले आयोजना गरेको थियोे। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघ कार्यालय अगाडि बुधबार दिउँसो १ देखि २ बजेसम्म कार्यक्रम गरिएको उक्त संस्थाले प्रेस विज्ञप्तिमा जनाएको छ।

संयोजक सुरज बुढाथोकीका अनुसार नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्तसँग भेट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ। तर, हामीलाई भुटान जान नदिनु पनि हिंसा हो’, बुढाथोकीले भने, ‘त्यसैले संयुक्त राष्ट्रसंघको महासभाको अवसर पारेर हामीले शान्तिर्‍याली आयोजना गरेका हौं।’

बुढाथोकीले नेपालका शिविरमा रहेका भुटानी शरणार्थीको विषयमा पनि दिगो समाधान हुनुपर्ने माग रहेको बताए। ‘महासभा भइरहेको समयमा विश्वका नेताहरूलाई हाम्रो समस्या के हो ? भुटानमा शान्ति र हिंसाको अवस्था कस्तो छ ? यो विषय अवगत होस भन्ने हाम्रो चाहना हो’, उनले भने, ‘भुटानीको राम्रो भविष्यका लागि विश्व नेताहरूको ध्यानाकर्षण गराउने हो।’ पीआईबीका अनुसार अमेरिकामा १ लाख १० हजारभन्दा बढी भुटानी बस्छन्। अन्य देशमा १४ हजारभन्दा बढी छन्।

नेपाल र तेस्रो मुलुकमा रहेका भुटानीलाई भुटानमा रहेका परिवारका सदस्य तथा आफन्तसँग भेटघाट हुन नसकेको अवस्थामा त्यसलाई तोड्न शान्ति र्‍याली आयोजना गरिएको जनाइएको छ। ‘विदेशमा रहेकाहरू पारिवारिक बिछोडका कारण उच्चतम आत्महत्यालगायत असंख्य चुनौतीहरूको सामना गर्छन्। राष्ट्रिय स्तरमा, भुटानी कारागारहरूमा राजनीतिक कैदीको रूपमा आजीवन कारावास भोगिरहेका परिवारका सदस्यहरू र शरणार्थीहरूको स्थिति विदेशी सहायताबिना अन्धकारमा छ’, विज्ञप्तिमा लेखिएको छ।

र्‍यालीका सहभागीले विश्व नेताहरूलाई मानवअधिकारको रक्षा गर्न आग्रह गरेका छन्। भुटानमा लोकतन्त्र, सकारात्मक शान्ति र मेलमिलाप निर्माण गर्न तथा विश्वास र आपसी समझदारीमा जन्म देशमा शान्ति पुग्ने आशामा भुटान सरकारबीच विद्यमान मतभेदलाई मिलाएर दिगोशान्ति गर्नु उद्देश्य रहेको जनाइएको छ। बुढाथोकीका अनुसार पीस इनिसिएटिभ भुटान एक गैरसरकारी संस्था हो। यो ओहायोमा दर्ता छ। भुटान सरकार र भुटानी डायस्पोराबीच रहेको असमझदारीको खाडल कम गर्दै भुटानभित्र भुटानीहरूसँग सकारात्मक सम्बन्ध राख्ने लक्ष्य हासिल गर्न यो संस्था स्थापना गरिएको हो।

सन् १९९० को सुरुवातमा जानीय विभेदका आधारमा लाखौं नेपालीभाषी भुटानीलाई देश छोड्न बाध्य पारिएको थियो। झन्डै दुई दशक नेपालमा कष्टकर रूपमा शरणार्थी जीवन व्यतीत गरेपछि उनीहरूलाई तेस्रो देशमा पुनर्थापना गरिएको हो। अझै पनि सयौं नेपाली भाषी भुटानीहरू नेपालमा शरणार्थीकै रुपमा छन्।

‘न्यायको लागि संघर्ष’ नारा दिइएको शान्ति र्‍यालीलाई ग्लोबल सिटिजन्स सर्कल, भुटानी क्मिनिटी अफ सेन्ट्रल ओहायो, गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका, हाउस अफ रिफ्युज, संयुक्त राज्य अमेरिका, विश्व योग समुदाय, र शरणार्थी सरोकारवाला सेवा गर्नेअन्य धेरै गैर–नाफामुखी संस्थाले र्‍यालीको समर्थन रहेको बुडाथीकिले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.