कोलोराडोमा गुञ्जिए रविन शर्मा

कोलोराडोमा गुञ्जिए रविन शर्मा

कोलोराडो : अमेरिकाको कोलोराडोको ब्रुमफिल्डमा ‘रविन शर्मा सांगीतिक साँझ’ सांगीतिक कार्यक्रम आयोजना भएको छ। नेपाली भाषा पाठशालाको सहयोगार्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाले नेपाली सांगीतिक क्षेत्रका तीन चिरपरिचित गायक रविन शर्मा, रीमा गुरुङ होडा र विजय अधिकारीको प्रस्तुतिमा सो कार्यक्रम आयोजना गरेको हो।

ब्रुमफिल्ड अडिटोरियममा आयोजना भएको कार्यक्रमलाई स्थानीय दर्शकहरूले राम्रो साथ दिएका थिए। कार्यक्रमका मुख्य आकर्षण वरिष्ठ गायक रविन शर्माले ‘हर्षले मन मेरो’, ‘जुनी जुनीलाई’, ‘तिमी यसै लजायौ’, ‘मनका सबै बोझहरू’, ‘कुन मन्दिरमा’, ‘ऐनै ऐनै पो रहेछ’, ‘आफैंलाई भार भयो’जस्ता आफ्ना सदाबहार गीतहरूका साथमा पछिल्लो समय रेकर्ड गरिएको ‘ल्याएको छु मैले तिम्रो’ बोलको गीत सुनाएका थिए। यसैगरी लोकप्रिय गायिका रीमा गुरुङ होडाले ‘आँखाका जोर’, ‘कसको आँखा लाग्यो बरै’, ‘तिमी हाँसे पो’, ‘लाउरे दाइले’जस्ता चर्चित गीतहरू गाएकी थिइन्। 
कार्यक्रमको पछिल्लो चरणमा गायक रविन शर्मा र रीमा गुरुङ होडाले ‘तिमी नहुँदा’ र ‘फूल झरे पनि’ बोलको युगल गीत गाउँदा उपस्थित दर्शकहरू मन्त्रमुग्ध भएका थिए। पप गायक विजय अधिकारीले ‘सपनीमा तिमी

आउने भए’, ‘सिकिरहेछु सिकिरहेछु’, ‘तिमी नै मेरो संसार’ बोलको आफ्ना गीतहरू र दीप   श्रेष्ठद्वारा गाइएको ‘हुँ यात्री’ बोलको गीत गाएका थिए। कार्यक्रममा स्थानीय बालकलाकार दिलासा कार्की, विभूति अधिकारी र प्रियंका   श्रेष्ठको नृत्य पनि समावेश थियो। प्रियंका   श्रेष्ठले ‘किनिदेओ न साइला दाइ’, विभूति अधिकारीले ‘पाउमै पाउजु’ र दिलासा कार्कीले ‘गैह्री खेतको’ बोलको गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित दर्शकको वाहवाही लुटेका थिए। 

कार्यक्रममा उपस्थित संस्थाहरूका प्रतिनिधि, कलाकार र दर्शकहरूलाई स्वागत अनेसास कोलोराडो शाखाका उपाध्यक्ष सम्झना आचार्यले गरेकी थिइन्् भने कार्यक्रमको सञ्चालन अनेसास केन्द्रीय सदस्य तारा अधिकारी र अनेसास कोलोराडो शाखाका महासचिव किरण अधिकारीले गरेका थिए। 

कार्यक्रमबाट संकलित सबै रकम कोलोराडोको नेपाली भाषा पाठशालाको सहयोगार्थ प्रयोग गरिने अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले जानकारी दिए। जुनदेखि अगस्त २०२२ सम्म सञ्चालन गरिएको भाषा पाठशालाको पहिलो सत्रमा चारदेखि १२ वर्षका ४२ विद्यार्थीले अध्ययन गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.