प्रतिनिधिसभाका केही समितिका सदस्य हेरफेर

प्रतिनिधिसभाका केही समितिका सदस्य हेरफेर

काठमाडौं : प्रतिनिधिसभाको बैठकले विभिन्न समितिमा सदस्यको नाम हेरफेर गरेको छ। आइतबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधि सभाअन्तर्गतको विभिन्न समितिमा सदस्यको नाम हेरफेर गरेका हुन्। 

जसमा सांसद महेन्द्रकुमारी लिम्बू महिला तथा सामाजिक समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा, सरवत आरा खानम अर्थसमितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा मनोनयन भएका छन्। 

यस्तै सांसद प्रमिला राई अर्थ समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, कर्मा घले कानून, न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा, जिपछिरिङ लामा विकास तथा प्रविधि समितिबाट राज्यव्यवस्था तथा सुशासन समितिमा र मीना पाण्डे राज्य व्यवस्था तथा सुशासन समितिबाट विकास तथा प्रविधि समितिमा मनोनयन गरिएको छ। सभामुख सापकोटाले प्रस्ताव गरेको प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको छ। बैठकमा सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभा नियमावली, २०७५ नियम १०५ र नियम १११ का प्रावधानको सीमा छोट्याउन नियमावलीको नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई सांसदहरू रामकुमारी चौधरी र प्रमोद साहले समर्थन जनाए। नियम निलम्बनको प्रस्तावलाई बैठकमा बहुमतले स्वीकृत गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.