अटो पल्टिँदा १५ महिने बालकको मृत्यु, चार घाइते
![अटो पल्टिँदा १५ महिने बालकको मृत्यु, चार घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Dgk9lIl28s.jpg)
रोल्पा : रोल्पाको सदरमुकाम लिबाङ-रेउघा सडक खण्डमा अटो रिक्सा पल्टिदा १५ महिने बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी गाउँपालिका-२ कि ललिता घर्तीको छोरा अनमोल रहेका छन्।
बिहीबार बेलुका ५:३० बजे रोल्पाको लिबाङबाट रेउघा जाँदै गरेको रा १ ह ३०२२ अटो घट्ट खोला सडकमा पल्टिँदा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अनमोलकी २८ वर्षीया आमा ललिता, रोल्पा नगरपालिका-१ कि ३३ वर्षीया मनकुमारी कवर, मनकुमारी कै छोरी ११ वर्षीया रोशनी र रोल्पा नगरपालिका-१ हरिगाटिना कि १८ वर्षीया जानकी रावत समेत घाइते भएका छन्। उनीहरूको रेउघा अस्पतालमा उपचार भइरहेको छ।
रोल्पा नगरपालिका-२ मुलपानीका ५२ वर्षीय श्यामकुमार बुढाले चलाएको अटो अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अटोमा ६ जना सवार थिए। उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटिएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)