चिया क्षेत्रको समस्या समाधान गर्न सात प्रतिबद्धता

चिया क्षेत्रको समस्या समाधान गर्न सात प्रतिबद्धता

झापा : प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्नुका साथै चिया निर्यातमा भारतीय अवरोध हटाउन सङ्घीय सरकारसँग समन्वय गरी कूटनीतिक पहल गर्न सरोकारवाला पक्ष सहमत भएका छन्। 

पूर्वका चिया क्षेत्रमा लामो समयदेखि देखिएका समस्यालाई दिगो रूपमा समाधान गर्न संवाद समूह प्रदेश १ को आयोजनामा बिहीबार झापाको बिर्तामोडमा भएको छलफलमा मन्त्रीहरू सहितका सरोकावालाहरूले चियाको पक्षमा पहल गर्न सात बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको छ।

वार्षिक चार अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गर्ने प्रदेश १ को मुख्य नगदे बाली प्रवर्द्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको पहल गर्ने, चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति-निर्माण गर्ने र तत्काल पहल थाल्ने प्रतिबद्धता छ। 

चिया निर्यातमा भारतीय अवरोध हटाउन सङ्घीय सरकारसँग समन्वय गरी प्रदेश सरकारले कूटनीतिक पहल गर्ने, श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी तथा नीति चिया क्षेत्रमा कार्यान्वयन गर्ने/गराउने, यस प्रदेशमा चियाको गुणस्तर प्रशिक्षण गर्ने ल्याबको स्थापना गर्न, आवश्यकता बमोजिम प्रदेश १ मा चिया विकास बोर्ड स्थापनाको लागि पहल गर्ने र चिया अक्सन बजारको व्यवस्थापन गर्न प्रदेश सरकारमार्फत तत्काल पहल गर्ने साझा प्रतिबद्धता जनाएको हो। 

उक्त सात बुँदे साझा प्रतिबद्धता पत्रमा सरोकारवालाको हस्ताक्षरपछि बिहीबार नै कृषि मन्त्री झलकबहादुर मगर (सन्देश)मार्फत प्रदेश सरकारलाई बुझाइएको छ। 

छलफलमा कृषि मन्त्री मगर, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी, सांसद जसमाया गजमेर लगायतका सरोकारवालाले प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणा गर्दै देखिएका समस्या नीतिगत र व्यवहारिक रुपमा समाधान गर्नेमा जोड दिएका छन्। 

 छलफलमा प्रदेश १ कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, राजनीतिक दलहरूका तर्फबाट नेपाली कांग्रेसका सभापति देउमान थेबे, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रदेश १ कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेल, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भूपाल सापकोटा र नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, चिया किसान तथा चिया सहकारीको तर्फबाट पर्वत डाँगी, नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार मित्तल र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तर्फबाट इन्द्र अधिकारीले चिया क्षेत्रको अवस्था र विषयगत क्षेत्रका समस्याबारे जानकारी गराएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.