राष्ट्रिय परिचयपत्रका लागि कैदीबन्दीको विवरण संकलन

राष्ट्रिय परिचयपत्रका लागि कैदीबन्दीको विवरण संकलन

विराटनगर : राष्ट्रिय परिचयपत्र दर्ताका लागि मोरङ कारागारमा कैदीबन्दीहरूको विवरण संकलन सुरु गरिएको छ।

जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार पार्न कारागारभित्र डेस्क स्थापना गरी कैदीबन्दीहरूको तथ्याङ्क संकलन सुरु गरिएको हो। 

सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विवरण संकलन कार्यक्रमको उद्घाटन गरेका हुन्। मोरङ प्रशासनले स्थापना गरेको अस्थायी डेस्कमार्फत् कैदीबन्दीहरूको औंठाको छाप, आँखाको रेटिना स्क्यान र डिजिटल हस्ताक्षर लगायतका आवश्यक विवरण संकलन सुरु गरिएको कारागारका प्रमुख रामप्रसाद पोखरेलले बताए।

मोरङ कारागारमा रहेका १०५४ कैदीबन्दीहरूमध्ये प्रारम्भिक चरणमा ९६६ जना पुरुषहरूको विवरण संकलन सुरु गरिएको जनाइएको छ। 

राज्यप्रदत्त हक तथा अधिकार र आवश्यक सेवा/सुविधा एकीकृत प्रणालीमार्फत् प्राप्त गर्न कैदीबन्दीहरूलाई पनि सरकारको राष्ट्रिय परिचयपत्र अभियानमा जोड्न खोजिएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

मोरङमा २०७८ असोज ४ गतेदेखि  परिचयपत्रका लागि नागरिकको जैविक तथा व्यक्तिगत विवरण संकलन सुरु गरिएको थियो। जसमा हालसम्म रङ्गेली, सुनवर्षी, रतुवामाई, धनपालथान, जहदा, कटहरी, ग्रामथान, मिक्लाजुङ र केराबारीमा यो अभियान सम्पन्न भईसकेको छ। 

उर्लाबारीमा विवरण संकलनको कार्य अन्तिम चरणमा छ। बाँकी रहेका बेलबारी, कानेपोखरी, लेटाङ, सुन्दरहरैंचा, पथरी-शनिश्चरे, बुढीगंगा र विराटनगरमा चाँडै नै विवरण संकलनको कार्य सुरु गर्ने तयारी रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। 'उर्लाबारीमा विवरण संकलनको कार्य सकिनै लागेको छ। २/३ दिन थप समय लाग्छ। त्यहाँ सकिए लगत्तै कानेपोखरीमा सुरु हुन्छ,' उनले भने। 

कारागारमा रहेका कैदीबन्दीहरूको विवरण दर्ता तथा संकलनका लागि गएको असार ८ गते राष्ट्रिय परिचय पत्र व्यवस्थापन विभागले मोरङ प्रशासनलाई पत्र पठाएको थियो। कोभिड महामारी लगायतका कारणले केही ढिलाई भएपनि मोरङ प्रशासनले हाल छिटोछिटो विवरण संकलन गरिरहेको छ। 

सवारी चालक अनुमति पत्र, प्यान कार्ड, विवाह दर्ता र नागरिकता लगायतका सबै सरकारी कागजातपत्र अब डिजिटल प्रणालीमा आधारित राष्ट्रिय परिचयपत्रमै समाबिष्ट हुने भएकाले यसबाट नागरिकले एकीकृत रुपमा आवश्यक सेवा/सुविधा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ। 

मोरङमा हालसम्म भने २ लाख २५ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि तथ्याङ्क संकलन भइसकेको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.