नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गरिँदै

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट गरिँदै

विराटनगर : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि प्रदेश १ मा खेलाडी छनौट गरिने भएको छ।

पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिने भएको हो। 

राष्ट्रिय प्रतियोगितामा छनौट हुनका लागि छनौट चरणको खेलहरूमा भदौ दोस्रो साताबाट सुरू हुने खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिव हंशराज वाग्लेले बताए। 

उनले जिल्लास्तरीय छनौट चरणको खेलहरू भदौ ५ देखि १० गतेसम्म सञ्चालन हुने जानकारी दिए। जिल्लाबाट छनौट भएका खेलाडीहरू प्रदेशमा आउने उनको भनाइ थियो। 

उनले भने, 'प्रदेशबाट छनौट भएका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन्। प्रदेशस्तरमा छनौट चरण भदौ १६ देखि १० गतेसम्म सञ्चालन हुनेछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ बाट ३६ वटा विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिनेछन्।'

तीन वर्ष अगाडि नेपालगञ्जमा सम्पन्न भएका ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नं. १ ले ९ स्वर्ण, २० रजत र  ५९ कास्य पदक ल्याएर ७ औं स्थान हासिल गरेको थियो। 

२०७३ मा विराटनगरमा सम्पन्न भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि प्रदेश १ सातौं भयो। त्यसबेला प्रदेश १ ले ६ स्वर्ण, १६ रजत र ४७ कास्य पदक दिलाएका थिए। नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) मा पनि प्रदेश १ का ८८ खेलाडीले विभिन्न खेलमा स्वर्ण, रजत र कास्य पदक जितेका थिए।

त्यसबेला प्रदेश १ बाट एकलतर्फ २० जना र टिम इभेण्टतर्फ ७८ जनाले तेह्रौ सागमा पदक जितेका थिए।

बोर्डले बिहीबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा खेलकुदका प्रशिक्षकहरूले कमजोर भौतिक पूर्वाधार र खेल क्षेत्रमा लगानी अभावले प्रदेश १ को खेलक्षेत्रले फड्को मार्न सकेको बताए। 

प्रदेशमा कुनै ठूला खालका प्रतियोगिता नहुनु, नियमित प्रशिक्षण नहुनुले नयाँ खेलाडी उत्पादन हुने र खेल्ने अवसरबाट समेत बञ्चित हुन परेको छ। 

प्रयाप्त सामग्री र प्रशिक्षक नहुँदा खेलकुदले गति लिन नसकेको सहभागीले बताए। खेल क्षेत्रको विकासमा राज्यले प्रयाप्त लगानी नगर्दासम्म यस क्षेत्रको विकास हुन नसक्ने सहभागीको भनाइ थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.