विराटनगरमा सेप भारतीय शैक्षिक मेला सुरू

विराटनगरमा सेप भारतीय शैक्षिक मेला सुरू

विराटनगर: विराटनगरमा १४ औं सेप भारतीय शैक्षिक मेला सुरु भएको छ। विराटनगरको होटल नमस्कारमा सोमबारदेखि उक्त मेला सुरु भएको हो। 

मेलाको पहिलो दिन विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। शैक्षिक मेला मंगलबारसम्म चल्नेछ। सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडद्वारा उक्त शैक्षिक मेलाको आयोजना गरिएको हो। सेप इभेन्टसले प्रत्येक वर्ष नेपालका प्रमुख शहरहरूमा यस्तो शैक्षिक मेला गर्दै आएको छ। 

यसअघि सो शैक्षिक मेला काठमाडौंमा आयोजना गरिएको थियो। विराटनगरमा सुरु भएको शैक्षिक मेलामा भारतका नाम चलेका विश्वविद्यालयहरुका प्रतिनिधिहरूको सहभागिता छ। 

शैक्षिक मेलामा भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले त्यहाँका विश्वविद्यालयको बारेमा प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त गर्ने आयोजक संस्थाका निर्देशक सञ्जय थापाले बताए। 

उनले शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी रहेको उनले जानकारी दिए।

शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन र किट शारदा जस्ता नाम चलेका शैक्षिक संस्थाहरुको उपस्थिति रहेको जनाईएको छ। 

'सेप भारतीय शैक्षिक मेला' भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला रहेको आयोजकको दाबी छ। मेलामा करिब २ हजार बढी विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ। 

मेलामा आउने विद्यार्थीहरूलाई आयोजकले चलचित्रका लागि क्यूएफएक्स सिनेमाजको फ्री टिकटको व्यवस्था गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.