दाङका दुई उपमहानगरको बजेट ४ अर्ब १८ करोड

दाङका दुई उपमहानगरको बजेट ४ अर्ब १८ करोड

दाङ : दाङका दुई उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८०को लागि बजेट सार्वजनिक गरेका छन। शुक्रवार दुई उपमहानगरपालिकाले बजेट सार्वजनिक गरेका हुन्। तुलसीपुर र घोराहीको बजेट ४ अर्ब १८ करोड रहेको छ। दुई उपमहानगर, १ नगर र ७ गाउँपालिका रहेको दाङमा आर्थिक गत वर्षकै हाराहारीमा बजेट सार्वजनिक भएको छ।

जिल्लाको घोराही उपमहानगरपालिकाले बजेटको आकार सबैभन्दा धेरै रहेको छ। घोराहीमा यस पटक २ अर्ब ३२ करोडको बजेट सार्वजनिक भएको छ। तुलसीपुर उपमहानगरपालिकाले यस वर्ष बजेटको आकार गत वर्षभन्दा घटाएर सार्वजनिक गरेको छ। तुलसीपुरमा १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट सार्वजनिक गरिएको छ। गत वर्ष ३ अर्बको हाराहारीमा रहेको थियो। 

तुलसीपुरको बजेट १ अर्ब ८६ करोड

तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० लागि बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाले चालु र पुँजीगत गरी कुल १ अर्ब ८६ करोड ४७ लाख ७९ हजार बजेट ल्याएको हो। तुलसीपुर उपप्रमुख स्यानी चौधरीले शुक्रबार चालुतर्फ ४७ करोड ७२ लाख ७७ हजार र पुँजीगततर्फ १ अर्ब ३७ करोड ९७ लाख गरी कुल १ अर्ब ८६ करोड ४७ लाख ७९ हजारको बजेट प्रस्तुत गरिन्।

कृषि, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर तुलसीपुरले आन्तरिक श्रोततर्फ ३० करोड १२ लाख, स्थानीय तह राजश्व मालपोत रजिष्टेशनवाट रु. १० करोड, अल्या बैक मौज्दातबाट ४ करोड ५० लाखगरी आन्तरीक आम्दानी तर्फ ४४ करोड ६२ लाख बजेट अनुमान गरिएको छ।

बजेटमा संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान रकम सार्वजनिक गरिएको छ। जसमा संघीय सरकारबाट १ अर्ब २२ करोड ९८ लाख ३ हजार र प्रदेश सरकारबाट प्राप्त अनुदान रकम १० करोड २७ लाख ७६ हजार बजेट रहेको छ। संघीय सरकारबाट प्राप्त समानिकरण अनुदानतर्फ  ३३ करोड ६२ लाख, सशर्त अनुदानतर्फ ६२ करोड ९१ लाख, समपुरक अनुदानतर्फ १ करोड ६० लाख, विशेष अनुदानतर्फ १ करोड ३० लाख र राजश्व बाँडफाड रकम २३ करोड ५५ लाख ३ हजार बजेट रहेको छ। बजेटमा प्रदेश सरकारबाट प्राप्त अनुदान समानिकरण अनुदानतर्फ १ करोड ५६ लाख, सशर्त अनुदान १ करोड 

घोराहीको बजेट २ अर्ब ३२ करोड 
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ। शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरेकी हुन्।

बजेट स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख रहने छ।

त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड आय रहेको छ। डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ। यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौज्दाताबाट बेहोरिने उल्लेख छ।

उपमहानगरले आर्थिक वर्षको लागि शिक्षालाइ प्राथमिकता राख्दै बजेट ल्याएको छ। शिक्षालाइ सबै वर्गमा पहुँच विस्तार गर्दै शैक्षिक गुणस्तरीय सुधार गर्न भन्दै शिक्षा, युवा तथा खेलकुदका लागि १३ करोड ४७ लाख बिनियोजन गरिएको छ। त्यस्तै घोराहीलाई सफा, स्वच्छ र सुन्दर नगरमा बनाउन भन्दै सरसफाइ ब्यवस्थापनतर्फ ८७ लाख ६० हजार छुट्टयाइएको छ।

त्यस्तै कृषिमा १ करोड १२ लाख र पशुमा ७७ लाख २० हजार छुट्टयाइएको छ। गत आर्थिक वर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो। गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.