बजेटले चुनावमात्रै देखेको छ, आर्थिक संकट देखेन : पूर्वअर्थमन्त्री पाण्डे

बजेटले चुनावमात्रै देखेको छ, आर्थिक संकट देखेन : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले चुनावमात्रै देखेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै पाण्डेले संकट एकातिर बजेट अर्कोतिर भएको टिप्पणी गरेका हुन्। 

उनले बजेटले स्थानीय चुनाव र संघ/प्रदेशको चुनावमात्र देखेको बताएका हुन्। पाण्डेले भने, ‘सरकारले यता पनि चुनाव उता पनि चुनाव देख्यो । अस्तिको चुनाव र आउने चुनाव मात्रै देख्यो, आर्थिक संकटतिर सरकारको ध्यान नै गएन ।’

उनले डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनीसमेत दिए। अहिलेको अवस्थाले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको भन्दै यो बजेटले कसरी सम्बोधन गर्छ भन्दै प्रश्न गरे।

उनले मल दिन नसक्नेले सरकारले उत्पादन दोब्बर बढाउँछु भन्नु झुटको खेती भएको  टिप्पणी गरे। पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले हचुवाको भरमा उत्पादन बढाउने कुरा गरेको आरोप लगाए। उनले प्रश्न गरे, ‘अहिलेसम्म कति मल कहिले आउँछ भन्ने कुरा कृषि मन्त्रालयलाई समेत थाहा छैन, तर अर्थमन्त्री दोब्बर उत्पादन बढाउँछु भन्नुहुन्छ यो कसरी सम्भव छ ?’  गठबन्धन चाँडै चुनावमा जान चाहिरहेको आफूले सुनेको बताउँदै पाण्डेले कांग्रेसलाई यो गलगाँडबाट कहिले छुट्कारा पाउने भन्ने हतार भएको भन्दै व्यङ्ग्य गरे। 

उनले इन्डक्सन चुलो घर घरमा दिने भन्ने विषय धनि पोस्ने कुरा भएको धारणा राखे। उनले ६० लाख मानिसलाई चुलो बाड्न न्यूनतम शुल्क राख्दा पनि ३० अर्ब रुपैयाँ पर्ने भएको बताए। उनले यो विषय अनुचित लाभ दिने विषय त होइन भनेर प्रश्न गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.