तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमालेको अग्रता, झन् बढ्यो मतान्तर
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन पछाडि परेको छ। मेयरमा गठबन्धनका उम्मेदवार मेयर गेहेन्द गिरी पछाडि पार्दै नेकपा एमालेका टिकाराम खड्काले अग्रता लिएका हुन्।
३७ हजार ८५२ मतगणना हुँदा एमालेका खड्काले १५ हजार ९१७ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार मेयर गिरी १४ हजार ९५५ मत प्राप्त गरेका छन्। खड्काले गिरीलाई ९६२ मतले अग्रता लिएका हुन्। ३५ हजार १७५ मतगणना हुँदा खड्काले ८ सय ११ मतले अग्रता कायम गरेका थिए।
यसैगरी उपमेयरमा एमालेका स्यानी चौधरीले १५ हजार ०६८ मत प्राप्त गर्दा गठबन्धन दलका एसका जोगबहादुर रानाले ११ हजार ७४ मत प्राप्त गरेका छन् । चौधरी र रानाबीचको मतान्तर ३ हजार ९९४ रहेको छ ।