रोल्पाका दशवटै पालिकाको मतगणना सम्पन्न : माओवादी ७, कांग्रेस २ र एमाले १ पालिकामा विजयी

रोल्पाका दशवटै पालिकाको मतगणना सम्पन्न : माओवादी ७, कांग्रेस २ र एमाले १ पालिकामा विजयी

रोल्पा : रोल्पाका दशवटै पालिकाको मत गणना सम्पन्न भएको छ। मत परिणाम अनुसार ७ पालिकामा माओवादी केन्द्र, २ पालिकामा कांग्रेस र १ पालिकामा एमाले विजयी भएका छन् ।

रोल्पा नगरपालिका र ६ गाउँपालिका गरी ७ वटा पालिकामा माओवादी केन्द्रका उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका छन्। गंगादेव र रुन्टीगढी गाउँपालिकामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् भने त्रिवेणी गाउँपालिकामा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। त्रिवेणीमा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए।

माओवादी केन्द्र विजयी पालिका

रोल्पा नगरपालिकामा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजकसमेत रहेका सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी भए। मेयरमा विजयी थापाघर्तीले ७ हजार ६ सय ३० ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याए। आचार्यले ७ हजार ७ सय ४१ मत ल्याइ उपमेयरमा विजयी भइन्। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७ सय १९ प्राप्त गरिन्।

थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर अध्यक्षमा र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी भए। ऋषिकेशवले २ हजार १ सय २२ मत लिई विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी दर्जित रोकामगरले १ हजार ५ सय ६ मत ल्याए। उपाध्यक्षमा शर्मिला बुढामगर २ हजार १ सय २२ मतले विजयी भएकी हुन्। सुनिलस्मृति गाउँपालिकामा ६ हजार ६२ मत लिइ मणिराम बुढाथोकी विजयी भए। उपाध्यक्षमा मीना थापा ६ हजार ३७ मत लिइ विजयी भइन्।

परिवर्तन गाउँपालिकामा शुकबहादुर बुढामगरले ३ हजार ३ सय ११ मत प्राप्त गरी अध्यक्षमा विजयी भए उपाध्यक्षमा कलादेवी खत्रिनीले ३ हजार ३ सय ८७ मतसहित जित हासिल गरिन्। यहाँ कांग्रेस, एमाले, समाजवादी र विप्लव नेतृत्वको नेकपा गठबन्धन र माओवादीबीच चुनावी प्रतिस्पर्धा भएको थियो। 

लुंग्री गाउँपालिकामा भरतकुमार थापाले ४ हजार ९ सय ६४ मत लिइ अध्यक्षमा जीत हात पारे भने उपाध्यक्षमा दिलकुमारी गुरुङ ४ हजार ७ सय ४० मत प्राप्तगरी विजयी भइन्। विगतमा कांग्रेस विजयी भएको यहाँ यसपटकको चुनावमा निकटम प्रतिद्वन्द्वी बन्यो।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर पुनमगर ३ हजार ४ सय ३९ मत लिइ अध्यक्षमा निर्वाचित भए भने उपाध्यक्षमा ननकला घर्तीमगर ३ हजार ४ सय ९२ मत प्राप्त गरी विजयी भइन्। माडीगाउँपालिकामा अमरसिंह घर्ती ३ हजार ८ सय ३० मत सहित विजयी भए। उपाध्यक्षमा जयपुरी घर्तीले ३ हजार ९ सय ६६ मत प्राप्त गर्दै जीत निकालिन्।

२०७४ मा पनि माओवादी केन्द्रले ७ पालिका नै जितेको थियो। उतिबेला जितेको गंगादेव गुमाए पनि लुंग्री गाउँपालिकामा जित निकालेको छ। रोचक कुरा कांग्रेसले जितेको लुंग्री गाउँपालिका यसपटक माओवादी केन्द्रले र माओवादीले जितेको गंगादेवमा कांग्रेस विजयी भएको छ।

कांग्रेस विजयी पालिका
    
२०७४ सालको स्थानीय तहको निर्वाचनताका एउटा पालिकामा खुम्चिएको कांग्रेसले यस पटक दुई पालिका जितेको छ। एमाले र माओवादीले जितेका पालिकामा यसपालि कांग्रेसले जीत निकालेको हो।
    
गंगादेव गाउँपालिकामा कांग्रेसका जिल्ला उपसभापति हरिबहादुर पुनमगर अध्यक्षमा २ हजार ५ सय ५७ मत लिइ विजयी भए। उपाध्यक्षमा अमृता केसी वली २ हजार ९ सय ९ मत प्राप्त गरी विजयी भइन्। विगतमा यहाँ माओवादी केन्द्र विजयी भएको थियो। यसपटक माओवादी केन्द्रका उम्मेदवार तेस्रोमै सिमित हुन पुग्यो। निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बने।
    
२०७४ मा एमाले विजयी भएको रुन्टीगढी गाउँपालिकामा कांग्रेस विजयी भयो। अध्यक्षका उम्मेदवार जनक पुनले ४ हजार ३ सय ९१ मत लिइ विजयी भए भने उपाध्यक्षमा सरिता केसीले ४ हजार ४ सय ३७ मत लिइ जीत हासिल गरिन्।

एमाले अध्यक्ष विजयी पालिका
    
त्रिवेणी गाउँपाकिाको अध्यक्षमा कणर्बहादुर बाँठामगर ५ हजार ८५ मत लिइ विजयी भए। निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रेशम पुन ४ हजार ४ सय ६३ मत ल्याएर पराजित भए। उपाध्यक्षमा कांग्रेसका लेखमणि खड्काले ४ हजार ५ सय ७६ मत ल्याइ विजयी भए। यहाँ कांग्रेस र एमालेले गठबन्धन गरेका थिए। २०७४ को निर्वाचनमा एमालेले एकल जीत हासिल गरेको थियो।
    
यसपटकको चुनावमा विगतमा जितेको रुन्टीगढी एमालेले गुमाएको छ। २०७४ मा दुई गाउँपालिका जितेको एमालेले यसपटक एउटै पालिका जितेको हो। पाँच दलीय गठबन्ध जिल्लामा भएन। माओवादी केन्द्र र समाजवादीले केही पालिकामा गठबन्धन गरे पनि अधिकांश पालिकामा एमाले, कांग्रेस, विप्लव नेतृत्वको नेकपाबीच गठबन्ध भएको थियो। केही वडामा माओवादी केन्द्र र कांग्रेसबीच पनि तालमेल भएको थियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.