विजयपछि पूर्वसभामुख महराको घर पुगे वडाध्यक्षको प्यानल

विजयपछि पूर्वसभामुख महराको घर पुगे वडाध्यक्षको प्यानल

रोल्पा : नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पा नगरपालिका–१ का माओवादी केन्द्रबाट उम्मेदवार भएर विजयी भएका वडाध्यक्षसहितको प्यानललाई बधाई दिएका छन्। रोल्पा नगरपालिका–१ मेबाङस्थित महराको घरमा पुगेका विजयी उम्मेदवारलाई नेता महराले बधाई दिएका हुन्।

नगरको १ नम्बर वडा महराको घर रहेको ठाउँ हो। मत गणनास्थल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बजार क्षेत्रबाट करिब २० मिनेट पौडेल यात्रामा पुग्न सकिने पूर्वसभामुख महराको घरमै पुगेर विजयी प्यानलले बधाई ग्रहण गरेका हुन्।

वडाध्यक्षमा खुमबहादुर थापासहितको प्यानल विजयी भएको हो। थापाले ९ सय ८७ मत लिई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। थापाका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ७० मत ल्याएर पराजित भए।

विजयी थापा प्रवक्ता महराका विश्वास पात्र हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.