रोल्पाको ७ वडामा माओवादी र १ मा कांग्रेस विजयी

रोल्पाको ७ वडामा माओवादी र १ मा कांग्रेस विजयी

रोल्पा : रोल्पाका ७ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने १  वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकाको १ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापाले ९ सय ८७ मत लिई प्यानल सहित विजीय भएका हुन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ७० मत ल्याए । थबाङ गाउँपालिका-१ उवामा माओवादी केन्द्रका गोवर्द्धन घर्तीमगर प्यानलसहित विजयी भएका छन् । 

त्रिवेणी गाउँपालिका-१ करेटीमा माओवादी केन्द्रकै वडा अध्यक्षका उम्मेदवार देउराम घर्तीमगरको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटमप्रतिद्वन्द्वी कांग्रेसका उमेदवार दिलबहादुर घर्तीमगरले ४ सय १२ मत ल्याए । 

सुनिलस्मृति गाउँपालका-१ घोडागाउँका माओवादी केन्द्रका उम्मेदवार पवन कवर प्यानलसहित विजयी भएका छन् । कांग्रेस र एमालेसहितको गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । माडी गाउँपालिका-१ मा माओवादी केन्द्रका उम्मेदवार रोहितसिंह घर्तीमगरले ८ सय ९० लिई विजयी भए ।

 कांग्रेस एमालेका गठबन्धनका उम्मेदवार मोहनसिंह वलीले ८ सय ४५ मत ल्याए । ४५ मतान्तरमा वली पराजित भएका हुन् ।  परिवर्तन गाउँपालिका-१ मा पनि माओवादी केन्द्रका उम्मेदवार मैते बुढामगरको प्यानल विजयी भएका छन् । बुढामगर ७ सय ६३ मत ल्याएका हुन् ।

 प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार दिलमन पुनगरको ४ सय ७३ मत ल्याएका थिए । लुंग्री गाउँपालिका(७ मा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर पुन विजयी भएका छन् ।गंगादेव गाउँपालिका-१ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृतबहादुर वलीको प्यानल विजयी भएका छ । उनले ३ सय ८५ मत सहित विजयी हासिल गरेका हुन् । प्रत्यासी एमालेका उम्मेदवारले २ सय ४० मत ल्याएको थियो ।

रोल्पा जिल्लामा एक नगरपालिका र ९ वटा गाउँपालिका छन् । दश पालिकामा ७२ वडा रहेका छन् । मध्यरातिसम्म सबै मतदान केन्द्रबाट पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइएको थियो । कतिपय पालिकामा शुक्रबार बेलुकादेखि र केही पालिकामा आज बिहानबाट मत गणना भइरहेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.