युवाको 'निर्णायक भोट' कसलाई?

युवाको 'निर्णायक भोट' कसलाई?

मुलुक अहिले निर्वाचनमा होमिसकेको छ। स्थानीय तहको निर्वाचनमा मतदान गर्न अब केही दिनमात्र बाँकी रहेका बेला अहिले चोकचोक, चिया पसल, चौतारीतिर निर्वाचनकै चर्चा सुनिन्छ।

केही दिनअघि बानेश्वर हाइवेको एउटा चिया पसलमा युवाहरुको चर्चा रोचक र उत्तिकै मननयोग्य थियो। भर्खर जुँगाका रेखी बसेकादेखि अलि पाको १०/१५ जनाको समूहमा रहेका युवाहरुले ‘तिमीहरुले यसपाली भोट गर्छौं? भोट हाल्न कहाँ जानुपर्छ? मतदान कार्ड छ? भोट किन हाल्ने?’ यस्ता र यस्तै प्रश्न केही जिज्ञासासँगै गफ गरिरहेका थिए।

अधिकांश युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराए पनि मतदान गर्न त्यति उत्साहित देखिँदैनथे। तीमध्ये एक युवाले सुनाए, आफू त ‘बालेन’लाई भोट गरिन्छ, आफू त पहिलोचोटी भोट हाल्दैछु। पार्टी-सार्टीलाई हालिन्न्। स्वतन्त्रलाई भोट गर्ने हो।'

यतिकैमा अर्का युवाले प्रश्न गरे, ‘खुब भोट गर्छु भनेर फुर्ति गर्छ। कहाँ कहिले हाल्ने हो याद छ? केटा हो यसले त अनलाइन, फेसबुक इन्स्टाग्रामबाट भोट हाल्ने सोचिराहोला। मतदान केन्द्रमा जानुपर्छ होइन र? भन्दै एकछिन हाँसोको माहोल बन्यो। ती युवाले जवाफ फर्काए- त्यो त थाहा छैन। ड्याडी, ममीलाई सोध्नुपर्ला कहाँ भोट गर्ने भनेर!

यी सबै कुरा सुनिरहेका एक जना युवाले भोटसोट हालेर केही पनि नहुने, नेताहरुले आश्वासनमात्र बाँड्ने भन्दै निराशा व्यक्त गरे। अघिल्लो निर्वाचनमा आश्वासनमै भोट गरेको स्मरण गर्दै उनले भने, 'निर्वाचनको बेला आफूलाई कोरिया पठाइदिने र भाइलाई असईमा जागिर लगाइदिने भन्दै काठमाडौंबाट गाउँ गएर भोट हालेको। तर न कोरिया गए, न भाइ असई नै भयो। यसपालि पनि बुबाले फोन गर्दै हुनुहुन्छ। यसपालि त भोट हाल्न गइन्नँ। केटा हो नेताहरुले चुनावका बेला विभिन्न आश्वासन दिने गर्छन्। सचेत भएरमात्र भोट गर्नु।' 

आजको युवा पुस्तालाई एउटा गम्भीर प्रश्न के छ भने हामी आफ्ना मुद्दालाई छाडेर राजनीतिक दलबाट उपयोग भइरहेका त छैनौं। जुनसुकै आस्था वा विचार राखे पनि हामीले आ-आफ्नै ठाउँबाट नेतृत्वलाई प्रश्न गर्ने र नेतृत्व लिन हस्तक्षेपकारी भूमिका खेलौं।

यतिकैमा एक जन उठेर ह्या यस्ता चुनावसुनाव हामीलाई बाल। कोरोना नभएको भए तिमीहरुको दाई अहिले अष्ट्रेलियाको समुन्द्री किनार बाट फोटो हालिराखेको हुन्थ्यो। लास्टै बोर भएको छ नि। अब छिट्टै जाने हो। जाम् केटा हो भन्दै बाहिर निस्के।

ती युवाहरु चुनावप्रति उत्सुकतासँगै वितृष्णा पनि छ। निर्वाचन आयोगका अनुसार गएको पाँच वर्षमा ३६ लाख बढी मतदाता थपिएका छन्। जसमध्ये ९० प्रतिशत १८ देखि २५ वर्ष उमेर समूहका छन्। तर यी नयाँ मतदाता न प्रमुख दलको प्राथमिकतामा परेको देखिन्छ, न निर्वाचन आयोगको मतदाता शिक्षामा। मैदानमा उत्रिएका प्रतिस्पर्धी हेर्दा युवा जमात निकै कम संख्यामा छ। दलहरुले अझै वास्तविकता स्वीकार्न सकेका छैनन्। केही युवा प्रतिनिधि पात्रलाई देखाएर नयाँ युवा मतदाताको भोट तान्ने रस्साकस्सीमा छन् दलहरु। चाहे काठमाडौं महानगरमा सुनिता डंगोल होस् वा परशुराम नगरका मेयरमा भरत जोशी, लिखु गाउँपालिकाको उपाध्यक्ष अस्मिता थापा वा जितपुर सिमरा उपमहानरग उपमेयर मेघा शाही हुन्, यी युवाको प्रतिनिधिपात्र मात्र हुन् समग्रमा। ७५३ स्थानीय तहको पाँच वर्षका लागि छानिने ३२ हजार २१७ पदको नेतृत्वमा अधिकांश बुढापाका छन्।

युवालाई अपिल

राजनीतिले हाम्रो जीवन निर्दिष्ट गरिरहेको हुन्छ। हामी आफ्नै जीवनयापन संघर्षसँग जुधिरहेका छौं भन्ने लाग्छ। तर देशको राजनीतिले हाम्रो वर्तमान र भविष्य निर्धारण गरेको हुन्छ। तसर्थ हामी सबैले राजनीतिमा चासो राख्नुपर्छ। राजनीति आफैँ सप्रिने वा विग्रिने विषय होइन। नेतृत्वमा हुने व्यक्तिहरु मूलतः इमान्दार रही सेवामा कटिबद्ध छ कि छैन भन्ने कुराले फरक पार्छ। आजको युवा पुस्तालाई एउटा गम्भीर प्रश्न के छ भने हामी आफ्ना मुद्दालाई छाडेर राजनीतिक दलबाट उपयोग भइरहेका त छैनौं। जुनसुकै आस्था वा विचार राखे पनि हामीले आ-आफ्नै ठाउँबाट नेतृत्वलाई प्रश्न गर्ने र नेतृत्व लिन हस्तक्षेपकारी भूमिका खेलौं।

अहिले निर्वाचनको बेलामा नेताहरुका द्वेषपूर्ण अभिव्यक्तिका पक्ष विपक्षमा नलागौं। यस्ता अभिव्यक्तिलाई निरुत्साहित पारौं। विगतमा नेपालको राजनीतिक आन्दोलनको पहलकदमी युवाहरुले नै लिएका थिए। युवाहरुलाई एकपटक मतदानमार्फत् वडादेखि केन्द्रसम्म नै सही व्यक्ति छनोट गर्ने अवसर आएको छ। यो अवसरलाई सही सदुपयोग गरौं। युवाहरुले आ-आफ्नो ठाउँबाट निर्वाचनमा भाग लिनेमा मात्र सीमित नगरी निर्वाचन अघिपछि र मतदानको दौरान सही भूमिका निर्वाह गर्न आवश्यक छ। किनकि युवाहरु आफैँमा लोकतन्त्रका सम्बाहक हुन्। कुनै पनि लोकतन्त्र कतिको बलियो छ भन्ने त्यस मुलुकको आवधिक निर्वाचनमा युवाहरुले खेलेको भूमिकामा निर्भर रहन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.