कांग्रेसको रोल्पा सभापतिमा किशोरकुमार आचार्य विजयी

कांग्रेसको रोल्पा सभापतिमा किशोरकुमार आचार्य विजयी

रोल्पा: नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोरकुमार आचार्य विजयी भएका छन् । पदाधिकारी तहको बुधबार दिउँसो सम्पन्न मत गणनाअनुसार आचार्यले ५ सय २ मत लिइ विजयी भएका हुन् । निवर्तमान सभापति समेत रहेका आचार्यले प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मत अन्तरमा पराजित गरेका हुन् । प्रतिस्पर्धी खत्रीले ४ सय ४० मत ल्याएका थिए ।

मत परिणामअनुसार सभापतिसहित पदाधिकारी तहमा आचार्यको प्यानल विजयी भएको छ । सभापतिमा निर्वाचित आचार्यसहितको पदाधिकारी पौडेल–कोइराला पक्षधर हुन् । पराजित खत्रीको प्यानल देउवा पक्षका हुन् । मंगलबार सम्पन्न मतदान रातिदेखि गणना थालिएको थियो । निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि र अन्य उम्मेदवारको मत गणना जारी छ ।

१४ औं जिल्ला अधिवेशनबाट उपसभापतिमा हरिबहादुर पुन र कविता उपाध्याय विजयी भएका छन् । सचिवमा तिलबहादुर बुढाथोकी र शेरबहादुर थापा, सहसचिवमा गञ्जबहादुर महरा क्षत्री र सुनिलकुमार वली निर्वाचित भएका छन् ।

विजयी सचिव शेरबहादुर थापाका अनुसार प्रादेशिक निर्वाचन क्षेत्र क र ख बाट १ हजार ८६ अधिवेशन प्रतिनिधि थिए, जसमध्येबाट १ हजार ४२ मत खसेको थियो । पदाधिकारी तहको १ सय मत वदर भएको जनाइएको छ।

प्रदेश निर्वाचन क्षेत्र क बाट देउवा पक्षका दुर्गाबहादुर खत्री मात्र सभापतिमा विजयी भए । पदाधिकारी सहितका अन्य पदमा पौडेल–कोईराला पक्षका विजयी भए । निर्वाचन क्षेत्र ख मा भने पौडेल–कोइराला पक्षका प्यानल विजयी भए ।

सभापतिमा गोपाल घर्ती भएका छन् । वडादेखि गाउँपालिका र प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशनमा देउवा पक्षधर र पौडेल–कोइराला पक्षका प्यानलको चुनावी प्रतिस्पर्धा भएको थियो । एक प्यानले अर्को प्यानललाई पराजित गर्न अनेक कसरत भएको कांग्रेसका कार्यकर्ताले जनाएका छन् । दुवै पक्षका प्यानल बीचको अस्वस्थ प्रतिस्पर्धाले कांग्रेस कमजोर हुने भन्दै केही कार्यकर्ता सर्वसम्मत नेतृत्व चयनको प्रयत्नमा थिए । तर, सहमतिको गुञ्जायस भने देखिएको थिएन् ।

नव निर्वाचित सभापति आचार्यले पार्टी भित्रदेखिको गुटगत विभाजित मनोविज्ञानलाई एकतावद्ध गर्ने प्रतिक्रिय दिए । ‘केन्द्रदेखि गाउँसम्म देखिको पार्टी भित्रको विभाजित मनोविज्ञानलाई एक ठाउँमा ल्याउनमा मेरो प्रयात्न हुन्छ, 'विजयीपछि सभापति आचार्यले अन्नपूर्णसँग भने, ‘आउँदै गरेको स्थानीय तह लगायतका चुनावमा कांग्रेसको विजयी सुनिश्चितताका लागि सक्रिय भएर काम गर्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.