घाइते महिलाको मृत्यु, मृतकको संख्या चार पुग्यो (अपडेट)

घाइते महिलाको मृत्यु, मृतकको संख्या चार पुग्यो (अपडेट)

रोल्पा : रोल्पामा आइतबार दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। घाइते माडी गाउँपालिका-६ हान्निङकी २१ वर्षीया लिला पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका लागि रोल्पा अस्पताल ल्याइएकी लिलाको उपचारका क्रममा मृत्यु भएको हो । उनीसहित मृत्यु हुनेको संख्या चार पुगेको हो।

दुर्घटनामा जीप धनी एवं चालक माडी गाउँपालिका- ६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, ४५ वर्षीय चौसरा विक र मिसिडाँडाका ५५ वर्षीय टेकबहादुर पुन (टंकलाल) को घटनास्थल मै मृत्यु भएको थियो।

अर्की घाइते बिना घर्तीको अवस्था पनि गम्भीर छ। उनलाई थप उपचारका लागि रोल्पा अस्पतालले जिल्ला बाहिर रेफर गरेको घाइतेका आफन्त प्रेम घर्तिमगरले जनाए ।दुर्घटनास्थलमै मृत्यु भएकाको शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा ल्याइरहेको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.