रोल्पामा जीप दुर्घटना: एकै गाउँका ३ को मृत्यु (अपडेट)

रोल्पामा जीप दुर्घटना: एकै गाउँका ३ को मृत्यु (अपडेट)

रोल्पा : रोल्पाको घर्तिगाउँमा आइतबार बिहान ११ बजेतिर जीप दुर्घटना हुँदा एउटै गाउँका तीनजनाको मृत्यु भएको छ । घर्तिगाउँ बजार नजिकैको सहिद मार्गमा जीप दुर्घटना हुँदा घटनास्थलमै दुई पुरुष र एक महिलाको ज्यान गएको हो ।

मृत्यु हुनेमा जीप धनी एवं चालक माडी गाउँपालिका - ६ हान्निङ छेडाका ५१ वर्षीय लुद्र घर्ती, ४५ वर्षीय चौसरा विक र मिसिडाँडाका ५५ वर्षीय टेकबहादुर पुन (टंकलाल) को घटनास्थल मै मृत्यु भएको हो ।

यस्तै सो घटनामा तीनजना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरिक्षक नरेशराज सुवेदीका अनुसार घाइतेलाई उद्दार गरि स्मृती हस्पितल घर्तिगाउँमा प्राथमिक उपचार गरिएको छ । 

घाइतेहरुलाई थप उपचारका लागि सदरमुकाममा रहेको रोल्पा अस्पताल ल्याइँदै छ । प्रनाउ सुवेदीका अनुसार जीप सडकबाट धेरै तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन। एकै गाउँलेका तीनजनाको मृत्यु र घाइते भएपछि गाउँ शोकमा डुबेको छ । दुर्घटनास्थल सदरमुकाम लिबाङबाट पश्चिम २४ किलोमिटर टाढा छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.