रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला

रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला

रोल्पा : रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको  गोली र म्याग्जिन फेला परेको छ।

दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो। 

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाँसको घरीमा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारिएको हो। 

‘अत्याधुनिक मेसिन गनका गोली र म्याग्जिन बरामद गरेका छौँ’, प्रनाउ सुवेदीले भने, ‘दहवनमा रहेको नेपाली सेना र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले हतियारका गोली र म्याग्जिन बरामद गरेको हो।’

प्रहरीका अनुसार ९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको छ। एके-४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन–६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो। 

त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन थान १ छन्।

गोली र म्याग्जिन बरामद गरिएको आसपासका क्षेत्रमा सेना र प्रहरीको टोलीले थप सर्च गरिरहेको छ। स्थानीयको सूचनाका आधारमा ती सामग्री फेला पारिएका हुन्। त्यस ठाउँमा त्यति ठूलो परिमाणमा गोली र म्याग्जिन कसरी कसले ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए। गोली र म्याग्जिन नयाँ र फ्रेस देखिन्छन्। दस वर्षे युद्धताका छोडिएका जस्ता नभएकाले सुरक्षा अधिकारीले गहिरो अनुसन्धानलाई अघि बढाएका छन्। 

शान्ति प्रक्रियायता बेलाबेला जिल्लाका विभिन्न ठाउँमा हतियार, गोली र बम फेला पर्दै आएका छन्। विगतमा फेला पारिएका हातहतियार युद्धताका छाडिएका हुने गरे पनि अहिले फेला पारिएका गोली र म्याग्जिन नयाँ देखिएको सुरक्षा अधिकारीले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.