लिम्बुनी गाउँमा जनजातीय चित्रण

लिम्बुनी गाउँमा जनजातीय चित्रण

युवाकवि राज माङ्लाकद्वारा लिखित ‘लिम्बुनी गाउँ’। मदन पुरस्कारका लागि सूचीकृत उत्कृष्ट आठ कृतिमा पर्न सफल कविता संग्रह। यसबाट पनि कृतिको महŒव र गरिमा स्पष्ट हुन्छ। लेखक–साहित्यकारहरू पनि यही समाजकै अभिन्न अंग हुने भएकाले समाजसँग तिनका रचनाको गहिरो सम्बन्ध हुनु अस्वाभाविक होइन। जनजातीय, अझ लिम्बू समुदायमा प्रचलित मिथक, प्रतीक, बिम्ब र लिम्बू भाषाका शब्दहरूको प्रयोग गरेर लेखिएका कविता संकलित यस कृतिले नेपाली समाज, राजनीति, संस्कृति र आर्थिक प्रणालीलाई जनजातीय दृष्टिबाट हेर्ने प्रयास गरेको छ।

निम्नवर्गीय नेपाली नागरिकको साझा पीडा तथा राज्यबाट उपेक्षित–उत्पीडित समुदायका कष्टकर जीवनलाई विषयवस्तु बनाइएका छन्। अधिकांश कविता निम्नवर्गीय नेपाली नागरिकको जीवनका अप्ठ्यारा, लिम्बू समुदायको सांस्कृतिक र सामाजिक जीवन तथा राज्यबाट जनजाति समुदायमाथि गरिएका दमन र अत्याचारको चित्रणमा केन्द्रित छन्। कविताहरूले जनजातीय पहिचान, स्वत्व र निजत्वमाथि राज्यद्वारा गरिएको आक्रमण र हस्तक्षेपको विरोध गर्दै जनजातीय संस्कृतिलाई केन्द्रमा राखेर सामाजिक समानताको वकालत गरेका छन्। कवि माङ्लाक उपेक्षित–उत्पीडित र सीमान्तकृत समुदायका मुद्दाहरूलाई कविताका विषयवस्तु बनाउने प्रतिरोधी चेतनाका कवि हुन्। ‘लिम्बुनी गाउँ’ का कविताले जनजातीय मुद्दा र आवाजलाई मुखरित गरेका छन्। टुप्पोबाट लेखिएको हुँदा आजसम्मको इतिहासले फेदका मानिसलाई नदेखेको धारणा राख्ने कवि फेदबाट इतिहास लेख्नुपर्ने मान्यता राख्छन्। उनले कवितामार्पmत् इतिहासको यही कमजोरीमाथि आंैला ठड्याएका छन्। इतिहासमा भएका भूल र कमजोरीलाई सच्याएर मात्र देश निर्माण हुने उनको विश्वास छ।

पाँचथरको फिदिमबाट २०६० सालमा प्रारम्भ भएको ‘उत्तरवर्ती सोच’का अभियन्तामध्ये माङ्लाक एक हुन्। बहुलवादी र विविधतायुक्त चरित्रमा विश्वास गर्ने ‘उत्तरवर्ती सोच’ले साहित्यमा नेपाली समाजको इन्द्रेणी सौन्दर्यलाई प्रस्तुत गर्नुपर्ने आग्रह गरेको छ। परम्परागत साहित्य एकपक्षीय भएको जिकीर गर्दै विविधतायुक्त साहित्यको पक्षमा उभिएका उनले कवितामा नेपाली समाजको भुइँ तहका मान्छेहरूका जिजीविषा, सामूहिक स्वप्न, आकांक्षा, तिनको जीवनका कष्ट, संघर्षपूर्ण भोगाइ, सांस्कृतिक चेतना र आशावादी जीवनदृष्टिलाई प्रस्तुत गरेका छन्। उनी सांस्कृतिक धाराका कवि हुन्। उनका कतिपय कवितामा इतिहासको पीडा पाइन्छ। जातीय अस्तित्व र स्वत्वको खोजी तथा लिम्बू संस्कृतिको काव्यिक अभिव्यक्ति उनको लेखनको मौलिकता हो। उनका कविताको मूलमा पूर्वी नेपालको लिम्बू समाज र मुन्धुमी सांस्कृतिक सौन्दर्यको शान्त र गहिरो रूप पाइन्छ। लिम्बू समाज र लिम्बू संस्कृतिको झल्को पनि छ।

आदिवासी, जनजाति, दलित, मधेसी, अल्पसंख्यकलगायत दूरदराजका क्षेत्रलाई तिरस्कार गरेर सत्ताधारीहरूले देशको लाम्टा लुछेको भाव कवितामा छन्। कविताले शासकीय निरंकुशताविरुद्ध आगो ओकलेका छन्।

कुनै पनि स्रस्टा आफ्नो समाज र समयको प्रभावबाट अछूतो रहन सक्दैन। माङ्लाक पनि आफू हुर्किएको समाज र परिवेशका साथै आफूले बाँचेको युग र पर्यावरणबाट अवश्यै प्रभावित छन्। यसै प्रभावस्वरूप यो समयका सामाजिक, राजनीतिक र आर्थिक मुद्दाहरू उनका कवितामा विषय बनेर जोडिए। २०५० को दशकसँगै बदलिँदो नेपाली सामाजिक–राजनीतिक परिवेश, यसबाट सर्वसाधारण नेपालीमा परेको प्रभाव र त्यसको परिणामस्वरूप सामाजिक जीवनका विभिन्न क्षेत्रमा देखिएका परिवर्तनहरू उनका रुचि र सरोकारका विषय हुन्। २०५० को दशकमा नेपाली समाज र राजनीतिमा आएको उथलपुथल उल्लेख्य घटना हो। यसै समयमा जातीय पहिचानको मुद्दा पनि सशक्त रूपमा उठेको हो। लिम्बुनी गाउँका कवितामा पनि यही चेतना मुखर रूपमा प्रकट भएको छ। उनका कवितामा भविष्यको चिन्ता, ग्रामीण पहाडी जीवनको विवशता, पहिचान गुमाउनुको पीडा र अव्यक्त विद्रोह पाइन्छ।

लिम्बू समाज र लिम्बू संस्कृति उनका कविताका मौलिक सामल हुन्। यिनै सामलले उनका कवितालाई विशेष आभा प्रदान गरेका छन्। त्यसैले लिम्बू समाज र लिम्बू संस्कृतिको सामथ्र्य र शक्ति उनका कविताका पनि सामथ्र्य भएका छन्। उनका कविताबाट लिम्बू समाज र लिम्बू संस्कृतिलाई बुझ्न सहज हुन्छ। उनी आफ्नो समुदायको जरासँग जोडिएका कवि हुन्। त्यसैले उनका कवितामा उनकै जातीय समुदायका पीडा, आक्रोश र आँसुका नदीको उफानलाई देख्न सकिन्छ। लिम्बू समुदायका स्रस्टा उनका कवितामा लिम्बू समुदायको आर्थिक–सामाजिक अवस्था र तिनको सांस्कृतिक सौन्दर्य कथ्य बनेर आएका छन् :
शेर्मा गाउँको रोटेपिङमा
धान नाच्दा नाच्दै
तिम्रो हात चिमोटेर...
(लिम्बुनी माया)

प्रस्तुत कवितांशमा लिम्बू समाज र संस्कृतिको सग्लो चित्र प्रस्तुत भएको छ। रोटेपिङ, धाननाच र हात चिमोटेको दृश्यले लिम्बू समाज, संस्कृति र लिम्बू समुदायका युवाबिच हुने स्वाभाविक प्रेमिल भावलाई अभिव्यक्त गरेका पाइन्छ। पचासको दशकमा नेपाली समाजमा आएको राजनीतिक–सामाजिक उथलपुथलले सतहमा ल्याएका जातीय पहिचान, स्वाभिमान र स्वत्वका मुद्दालाई उनले कविताका कथ्य बनाए। एकात्मक राज्यसत्ताविरुद्ध आक्रोश र विद्रोहको भाव, जनजाति तथा उपेक्षित–उत्पीडित समुदायमाथि राज्यद्वारा गरिएका विभेद, दमन र थिचोमिचोको विरोध यही चेतनाका अभिव्यक्ति हुन् :

गाउँ पुगेर ढोका ढक्ढक्याउनुस्
हिजोआज त्यहाँ
चुला छेउछाउमा बसेर लिम्बू दाजुभाइहरू
चुम्लुङ बसिरहेका हुन्छन्
यो देश हाम्रो पनि हो भनेर
(लिम्बुनी गाउँ)

लिम्बू समुदायको चेतनामा आएको परिवर्तन यसमा छ। राज्यले आदिवासी जनजाति, दलित, मधेसी, महिला र अल्पसंख्यक समुदायलाई वर्षौंदेखि उपेक्षा गरेको विषयलाई सतहमा ल्याउन माओवादीको सशस्त्र आन्दोलनले मद्दत गरेको हो। आदिवासी, जनजाति, दलित, मधेसी, अल्पसंख्यकलगायत दूरदराजका क्षेत्रलाई तिरस्कार गरेर सत्ताधारीहरूले देशको लाम्टा लुछेको भाव कवितामा छन्। कविताले शासकीय निरंकुशताविरुद्ध आगो ओकलेका छन्। गोर्खाली शासकहरूले झुक्याएर आफ्नो अधिकार र थातथलोमा कब्जा जमाएको इतिहासको पीडा पनि कवितामा छ। अधिकारका लागि यहाँका आदिवासी जनजातिले पटक–पटक संघर्ष गरेका छन्। कविले यस्तै अवस्थाको चित्रण गर्दै कवितामार्पmत् आदिवासी जनजातिका अधिकारको पक्षपोषण गरेका छन् :
सुकेर लखतरान निहुरिएका छन्
अजम्बरी फूलहरू
कुलो खन्नै दिएका छैनन् भूमिपुत्रहरूलाई
खाली आकाशबाट ओर्लिएका इन्द्रका
एक बिटा जंगेहरूले।
(धर्तीका फूलहरू)

कवितामा राज्यद्वारा उपेक्षित–उत्पीडित समुदायका आँसु, रगत र पसिनाका रङ र गन्धलाई छाम्न सकिन्छ। कविताहरूले जनजातीय पहिचान, स्वत्व र निजत्वमाथि राज्यद्वारा गरिएको आक्रमण र हस्तक्षेपको विरोध गर्दै जनजातीय संस्कृतिलाई केन्द्रमा राखेर सामाजिक समानताको वकालत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.