स्याङजामा सरकारी कर्मचारीमा कोरोना संक्रमण
![स्याङजामा सरकारी कर्मचारीमा कोरोना संक्रमण](https://annapurnapost.prixacdn.net/media/albums/swab-test-corona-covid_20200813042253_RtEoy7occL.jpg)
स्याङजा : जिल्ला सरकारी वकिलको कार्यालय स्याङजामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको छ। आँधीखोला गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य कार्यालय पोखराले जनाएको छ।
स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माका अनुसार अस्वस्थ्य देखिएपछि केही दिनदेखि उनी आफ्नै घरमा बस्दै आएका थिए। जिल्ला प्रशासन र कृषि ज्ञान केन्द्रसहित सरकारी कार्यालय एउटै कम्पाउण्ड भित्र छ। त्यसैगरी जिल्ला प्रहरी कार्यालय पनि नजिकै छ। कन्ट्रयाक ट्रेसिङको काम लगत्तै सुरु गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
योसँगै स्याङ्जामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय ११ पुगेको छ। तीमध्ये ३ सय ५ जना निको भएर घर फर्केका छन् भने दुई जनाको मृत्यु भएको छ। जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ४ छ।
यही भदौ ४ गते दुई सैनिकमा कोरोना संक्रमण देखिएपछि संक्रमण नदेखिएको स्याङ्जामा पुनः कर्मचारीमा संक्रमणमा देखिएपछि स्थानीय त्रसित छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)