तीन प्रहरीलाई कोरोना पोजिटिभ : स्याङजा प्रहरी कार्यालय सिल

तीन प्रहरीलाई कोरोना पोजिटिभ : स्याङजा प्रहरी कार्यालय सिल

स्याङजा : जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरी कार्यालय स्याङजा बुधबारदेखि सिल गरिएको छ। कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले सर्वसाधारण तथा सेवाग्राही प्रवेशमा पूर्ण रोक लगाइएको छ।

कार्यालयभित्रका तीन कर्मचारीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएसँगै कार्यालयभित्र आवतजावतमा रोक लगाए पनि नियमित काम भने नरोकिने प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिए। उनले भने ‘कुनै पनि सेवाग्राहीले निवेदन तथा जाहेरी वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नु परेमा विद्युतिय माध्यमहरु इमेल, फोनको प्रयोग गर्न सकिन्छ।’

कार्यालयमा कार्यरत ८९ जना प्रहरी कर्मचारी सबैलाई सुरक्षित साथ बस्न भनेका छौं। जिल्ला प्रहरी प्रमुखसमेत रहेका कणेलले भने ‘ती मध्ये बच्चासहितका केही महिला कर्मचारी आफना कोठामै बस्छन। तर अन्यलाई भने कार्यालयभित्रै खाने, बस्ने व्यवस्था मिलाएका छौं।’कार्यालयभित्रै कार्यरत केही प्रहरीमा रुघाखोकी र ज्वरोको संक्रमण देखिएपछि उनीहरुको पिसिआर परिक्षणका लागि पठाइएकोमा तीन जनामा संक्रमण पुष्टि देखिएको हो। बुधबार पनि ३० जना प्रहरी कर्मचारीको नमूना स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा पठाइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

कार्यालयका ३३, ३४, ३८ वर्षका पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएसँगै सुस्त हुन लागेको कोरोना संक्रमणको मानसिक त्रास जिल्लामा बढ्न थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.