स्याङजाको पहिरोमा हराएका थप एकको शव भेटियो, २ जना बेपत्ता

स्याङजाको पहिरोमा हराएका थप एकको शव भेटियो, २ जना बेपत्ता

स्याङ्जा : कालीगण्डकी गाँउपालिका ४ बिर्घा स्थित खहरेमा पहिरोमा परी बेपत्ता भएका मध्ये जिमानसिंह थापा मृत भेटिएका छन्। मंगलबार बिहान ९ बजेतिर झरेको पहिराले च्यापिएका उनको साँझ ५ बजे शव भेटिएको हो। 

उक्त पहिरोमा अझैं २ जना बेपत्ता छन्। बेपत्ता हुनेमा ५० वर्षीय टिका थापा, ६५ का प्रेमचन्द्र पाण्डे रहेका छन्। सुरक्षाकर्मी र स्थानीयबासीले खोजी कार्यलाई निरन्तरता दिएको वडा अध्यक्ष चक्र पाण्डेले जानकारी दिए। 

पहिरोमा परी घाइते भएका वडा सदस्य ६८ वर्षीय हुमनाथ पाण्डे (किसान) र ५५ वर्षीय वीरबहादुर थापालाई थप उपचारका लागि पाल्पा स्थित मिसन हस्पिटल पुर्‍याइएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए। पहिरोका कारण ४ वटा घर जोखिममा छन्। वीरबहादुर राना, देवबहादुर थापा, जिमान सिंह थापा र तिलीसरा थापाको परिवारलाई सुरक्षित बासस्थनका लागि आफन्तकहाँ स्थानान्तरण गरिएको छ। 

यसैबीच, पहिरो झरेको खबर पाएपछि प्रहरी र सशस्त्रको समूह घटनास्थल पुगेर घाइतेको उद्धार गरी बिर्घा स्वास्थ्य चौकीमा पुर्‍याइएको र बेपत्ताको खोजीकार्य जारी राखेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। यसअघि, साबिक बिर्धा गाविसका पूर्व अध्यक्ष ६५ वर्षीय इमानसिंह गुरुङको पहिरामा परी  मृत्यु भएको थियो। 

पानी बनाउन जाने क्रममा बाटोमा हिंड्दै गर्दा माथिबाट बाढीसहितको भेलपहिरो झरेर उनीमाथि पर्दा सो घटना घटेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.