डिज्नीको बिग हिरो

डिज्नीको बिग हिरो

सागर खड्का। ‘बिग हिरो सिक्स’ वाल्ट डिज्नीको कार्टुन फिल्म हो। यसले ११ वटा अवार्ड जितेको छ। यसमा १४ वर्षीया हिरो हामाडाले कसरी आफंै ग्याजेट बनाएर आफू र साथीहरूमाझ सुपर हिरो बन्छन् भन्ने देखाइएको छ।

एक दिन उनका दाइ टडासीले हिरोलाई युनिभर्सिटी अफ रोबोटिक्समा भर्ना हुन सल्लाह दिन्छन्। त्यहाँ टडासी पहिलेदेखि नै पढ्ने गर्थे। त्यो विश्वविद्यालयमा भर्ना हुनुअघि सबै विद्यार्थीले आफैं रोबोट बनाएर मेलामा प्रदर्शन गर्नुपर्ने हुन्छ। जसको रोबोट राम्रो हुन्छ, त्यसले मात्र विश्वविद्यालयमा भर्ना हुन पाउँछ।

उनले पनि प्रदर्शनका लागि एउटा रोबोट बनाउँछन्। त्यसको नाम ‘माइक्रोबोट’ राख्छन्। त्यो रोबोट राम्रो भएकाले उनले प्रथम पुरस्कार पाउँछन्। पुरस्कार पाएको खुसीमा उनी र उनका परिवार रमाइरहेका हुन्छन्। त्यहीबेला एउटा भीषण आगलागी हुन्छ। आगलागीमा धेरै मानिस फस्छन्। तिनीहरूलाई बचाउन टडासी लागि पर्छन्। तर, बिस्फोटमा परी उनको मृत्यु हुन्छ।

त्यसको केही सातापछि उनले बनाएको माइक्रोबोट’ अरू कसैले चोरेर लान्छन् र त्यसको गलत काममा प्रयोग गर्छन्। गलत काममा प्रयोग गरेको कुरा हमाडाले थाहा पाउँछन्। त्यो काम रोक्न टडासीका साथीहरू रोबोटिक्सको मद्दतले सुपर हिरो बन्छन्।

यसका मुख्य पात्रहरूको बारेमा पनि जानौं है।

हिरो हामाडा : उनी यस कार्टुनका मुख्य पात्र हुन्। १४ वर्षको उमेरमा उनी आफैं रोबोट बनाएर ‘रोबोट फाइट’ प्रतियोगितामा भाग लिन्छन्। उनलाई आफूले बनाए जस्तो रोबोट अरू कसैले बनाउन सक्दैनन् भन्ने घमण्ड पनि हुन्छ।

आफूले सोचे जस्तो काम गर्ने रोबोट बनाउने उनको चाहना नभन्दै पुरा हुन्छ। त्यो रोबोटलाई उनले ‘माइक्रोबोट’ भन्छन्। मेलामा आगलागी गराएर भाग्ने र उनको रोबोट चोर्नेलाई उनी सजाय दिन चाहन्थे। उनलाई सहयोग गर्न उनका दाइका साथीहरू रोबोटिक्सको मद्दतले सुपरहिरो बन्छन्।

टडासी : टडासी हिरोका दाइ हुन्। उनलाई पनि रोबोटिक्स मन पर्छ। उनी थरीथरीका रोबोट बनाई अरूको मद्दत गर्न चाहन्छन्। आफू र आफ्नो भाइको स्वास्थ्यलाई ख्याल राख्नका लागि उनले रोबोट बनाउँछन्। जुन उनको अन्तिम आविष्कार हुन्छ। त्यो रोबोटको नाम उनले ‘बेम्याक्स’ राख्छन्।

बेम्याक्स : बेम्याक्स एक स्वास्थ्य निरीक्षण गर्ने रोबोट हुन्छ। आफ्नो वरिपरि रहेका मानिसको स्वास्थ्य जाँच्ने उनको मुख्य काम हुन्छ। यो रोबोटले शारीरिक मात्र नभई मानसिक रोगको पनि उपचार गर्न सक्छ। यो बेलुन जस्तो मोटो हुन्छ। यस रोबोटमा चाहेको बेलामा हावा भर्न र निकाल्न पनि सकिन्छ। बेम्याक्स सबैको प्यारो पात्र हो। हिरोको दाइको मृत्यु भएपछि उनको मानसिक स्वास्थ्य नबिग्रियोस् भनेर यो रोबोट हिरोको वरिपरि बस्छ।

आन्टी क्यास : हिरो र टडासीको बाबुआमाको मृत्युपश्चात् उनीहरूको हेरचाह आन्टी क्यासले गर्छिन्। ती दुवैलाई आफ्नै सन्तान जसरी माया र ममता दिन्छिन्। उनको एउटा रेस्टुरेन्ट हुन्छ जहाँ हिरो र टडासीले उनलाई मद्दत गर्छन्।

एलिस्टायर क्रि : उनी ‘क्रि टेक’ कम्पनीको सीईओ हुन्। मेलामा हिरोले बनाएको रोबोट देख्दा उनी दंग पर्छन् र किन्न खोज्छन्। तर, हिरोले आफ्नो रोबोट बेच्न मान्दैनन्। हिरोको रोबोट किन्न नपाउँदा उनले रिसले मेलामा आगो लगाई हिरोको रोबोट चोरेको आरोप उनलाई लाग्छ। टडासीको मृत्युको पनि उनलाई नै दोष लाग्छ। तर, क्रि निर्दोष हुन्छन्।

योकाइ : उनलाई प्रोफेसर क्यालाह्याङ भनेर पनि चिनिन्छ। उनी खलनायक हुन्छन्। उनी युनिभर्सिटी अफ रोबोटिक्समा प्रोफेसर हुन्छन्। उसले नै मेलामा आगो लगाई हिरोको ‘माइक्रोबोट’ चोरेका हुन्छन्। क्रि टेकले गरेको पोर्टल एक्सपेरिमेन्टमा उनको छोरी हराउँछिन्। त्यसैको बदला लिन उनले हिरोको माइक्रोबोट चोरेर त्यस्तै खालका अरू धेरै माइक्रोबोट बनाएर क्रिसँग बदला लिन चाहन्छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.