कर दिवसमा १० व्यवसायी सम्मानित

कर दिवसमा १० व्यवसायी सम्मानित

उदयपुर : आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार उदयपुरका १० जना उद्योगी व्यवसायी सम्मानित भएका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगी, व्यवसायीमध्ये एक सर्वोत्कृष्ट र ९ जना उत्कृष्ट व्यवसायीलाई प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले सम्मान गरेका हुन् । 

कार्यालयले आयकर सबैभन्दा बढी तिर्ने हिमगिरी सप्लार्यस एण्ड ट्रेडस कटारीलाई सर्वोत्कृष्ट घोषणा गरी सम्मान गरेको हो । हिमगिरीले सबैभन्दा बढी २३ लाख ५० हजार सात सय ५७ रुपैयाँ ९४ पैंसा आयकर बुझाएको करदाता सेवा कार्यालय गाईघाटका प्रमुख सुमन बुढाथोकीले जानकारी दिए । अघिल्लो वर्ष पनि हिमगिरी जिल्लाकै सर्वोत्कृष्ट कर तिर्ने व्यवसायिकोरुपमा सम्मानित भएको थियो। 

त्यसैगरी उत्कृष्ट कर तिर्नेमा आशिष÷आर्षिवाद जेवी, हिमशिखर सप्लार्यस एण्ड ट्रेडस, कालिका सप्लार्यस एण्ड ट्रेडस, आशिष÷स्वामिनारायण÷आर्षिवाद जेवी, रौता÷सन्तोषी एपेक्स जेवी, एसके ट्रेडस, वरुवा निर्माण सेवा, रौता÷सन्तोषी जेवी र सगरमाथा आयल डिपो रहेको उनले बताए। 

कार्यालयले सबैभन्दा बढी आयकर तिर्ने, बाँकी बक्यौता र नियमिततालाई आधार मानेर व्यवसायी छनौट गरिएको प्रमुख बुढाथोकीले बताए । सप्ताह व्यापीरुपमा मनाउन लागिएको दिवसको पहिलो दिन आइतबार सदरमुकाम गाईघाटमा प्रभातफेरी पछि व्यवसायीलाई सम्मान गर्दै सम्पन्न भयो ।

कार्यालयले सोमबार व्यवसायी र कर्मचारीबीच मैत्रीपूर्ण खेल र क्याम्पस स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खड्काले कर सबैका लागि अनिवार्य शर्त रहेको बताए । उनले, कर राज्यले छुट दिने घोषणाबाहेक सबै र जहिले पनि तिर्नैपर्ने वाध्यता रहने बताए । 

कर छुट, मिनाह, छल्नेजस्ता कार्यभन्दा पनि समयमा तिरेर मैले तिरेको करले जनताले के लाभ प्राप्त गरे, विकास निर्माण के भए भन्ने कुराको हेक्का राख्नु पर्ने बताए । त्यस्तै कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक हिरा न्यौपानेले कुल जनसंख्याका १० प्रतिशत मात्र करको दायरामा रहेको बताए ।

उनले २९ लाख जनशक्ति मात्र करको दायरमा रहेकाले बाँकीलाई समेत करको दायरमा ल्याउन सुझाब दिए।  कर कार्यालयका प्रमुख बुढाथोकीले आगामी दिनमा कर शिक्षा, घरैदैलोजस्ता अभियान सञ्चालन गरी छुटेका व्यापार व्यवसायलाई समेटिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.