झापामा सौर्य उर्जाबाट १० मेघावाट विद्युत उत्पादन हुने

झापामा सौर्य उर्जाबाट १० मेघावाट विद्युत उत्पादन हुने

भद्रपुर : झापामा सौर्य उर्जाबाट व्यवसायिकरुपमा विद्युत उत्पादन गरिने भएको छ। सोलार एनर्जीबाट १० मेघावाटसम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिएर झापा एनर्जी लिमिटेड प्रालि दर्ता गरिएको झापा क्षेत्र नम्बर ३ का प्रदेश सभा सदस्य बसन्त बानियाँले जानकारी दिए।

काठमाडौंलगायत देश विदेशमा रहेका झापाका सांसद, पूर्व सांसद, व्यावसायी र सामाजिक अगुवाको उस्थितिमा शनिबार  काठमाडौंमा भएको  भेलाले रामचन्द्र अर्यालको संयोजकत्वमा १३ सदस्यीय समिति समेत गठन गरेको छ।

समितिको शनिबार बसेको पहिलो बैठकमा १ करोड ३० लाख बराबरको सेयर पूँजी जम्मा हुने अंकसहितको प्रतिबद्धता प्राप्त भएको प्रदेशसभा सदस्य बानियाँले जानकारी दिए। छलफलमा सहभागीलाई झापा क्षेत्र नम्बर ४ का संघीय सांसद सदस्य एल.पि साँवाले सौर्य उर्जा कम्पनीको बारेमा विस्तृत जानकारी गराएका थिए।

आगामी मंसिर २५ गतेसम्ममा २५ प्रतिशत कम्पनीको खातामा रकम जम्मा हुने भएको पनि प्रदेशसभा सदस्य बानियाँले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.