जहाज नउडेपछि राजेश हमाल एकसातादेखि डोल्पामै

जहाज नउडेपछि राजेश हमाल एकसातादेखि डोल्पामै

डोल्पा :  यहाँ भारी वर्षाका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन्। वर्षाका कारण तीन दिनदेखि डोल्पाको जुफाल विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसकेपछि यात्रु मर्कामा परेका हुन्। 

नेपालगञ्ज र सुर्खेतबाट उडान हुने डोल्पाको जुफाल विमानस्थलमा लगातार तीन दिनदेखि हवाई उडान नहुँदा नेपालगञ्ज, सुर्खेतबाट डोल्पा र डोल्पाबाट तराईका विभिन्न जिल्लामा जाने यात्रुहरु विमानस्थलमा अलपत्र परेका छन्। 

सांस्कृतिक महोत्सवमा डोल्पा पुगेका महानायक राजेश हमाललगायतका एक दर्जन कलाकारको टोली एक सातादेखि जुफाल बिमानस्थलमा नै अड्किएको छ।जहाजको पर्खाइमा रहेका छौं, वर्षाले उडान भएको छैन, मौसममा सुधार आउने अवस्था पनि छैन, हिँडेर जान सकिदैन, गायिका कृति पाण्डेले दुखेसो पोखिन।'

गएको शुक्रबार समिट यएरले एकैपटक जुफाल बिमानस्थलमा अवतरण गरेपश्चात् कुनै पनि अन्य जहाजले उडान भर्न नसकेको समिट एयरका स्टेसन इन्चार्ज पूर्णजंग शाहीले जानकारी दिए। 

उनका अनुसार मौसममा परिर्वतन आएपछि जुफाल बिमानस्थलमा कुनै पनि नीजि तथा सरकारी जहाजले उडान भर्न नसकेको बताए। मौसममा समस्या आएका कारण कुनै पनि उडान गर्न कठिन भएको जुफाल बिमानस्थल कार्यालय डोल्पाले जानकारी दिएको छ। अग्ला पहाड र हिमाली जिल्ला भएको कारण बिहान बाहेक अन्य समयमा उडान भर्न हावाको उच्च चापले नसकिने नेपालगञ्ज बिमानस्थलाको कार्यालय बताएको छ ।

हवाई उडानको क्षेत्रमा सबै प्राविधिक कुराहरु पूरा नभए जबरजस्ती उडान गर्न नसकिने जहाज कम्पनीहरु बताउँछन्। सडकले नजोडिएको जिल्ला डोल्पामा एक मात्र भरपर्दो यातायातको माध्याम हवाई सेवा नै हो। वर्षाको समयमा जाजरकोट डोल्पाको सड्क पनि जोखिम रहेकाले पैदल यात्रा गर्न जोखिम भएको यात्रु बताउँछन्। 

'दैनिक यात्रुको चाप बढ्दो छ तर वर्षाको कारण उडान हुँदैन, हामीले यात्रुको मर्का बुझेर हुँदैन' सिता यएरका स्टेसन ईन्र्चाज मुकुन्द पौडेलले बताए। उनले भने, 'धेरै दिनदेखि उडान नभए पछि यात्रुको चाप बढेको हो, मौसम सफा रहे सबै जहाजले उडान भर्ने र यात्रु सबै गन्तव्य जाने उनले दावी गरे। 

मौसममा आएको परिर्वतन र ठूलो वर्षाका कारण कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुने भनिएको नियमित उडान समेत प्रभावित भएको छ। यही १५ गते मुख्यमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपमा सिता एयरको जहाज उडानका लागि औपचारिकता दिने भनिए पनि मौसमकै कारण उद्घघाटन हुन सकेन। 

सुर्खेतबाट डोल्पाका लागि सिधा हवाई उडान भर्ने जिम्मा सिता एयरले लिएको छ। नियमित उडानका लागि सम्झौता गरिए पनि सम्झौता भएकै दिनबाट डोल्पामा उडान भर्न सकेको छैन। सम्झौताअनुसार नियमित उडान भर्ने भनिए पनि वर्षा र मौसम खराबीले उडान भर्न नसकेको सिता एयरले जानकारी दिएको छ। 

जतिवटा निजी तथा सरकारी बिमान कम्पनीले जहाज थप गरे पनि डोल्पामा भने यात्रुले सास्ती खेप्नबाट छुट्कारा नपाएको नागारिकको गुनासो छ। टिकटका लागि माथिल्लो अोहदासम्म पावर लगाउनुपर्ने सिन्डीकेट कायमै रहेको स्थानीय बताउँछन्। हाल डोल्पामा तारा, गोमा, मकालु र नेपाल एयरलाइन्सले उडान भर्ने गरेका छन्।वर्षायाम सुरु भए सँगै डोल्पामा हवाई उडान प्रभावित हुँदै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.