कोशीमा एमालेबाट रानामगर र माओवादीबाट उप्रेती मन्त्री बन्दै

कोशीमा एमालेबाट रानामगर र माओवादीबाट उप्रेती मन्त्री बन्दै
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काललाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट १-१ जनालाई मन्त्री बनाउने भएका छन्। 

एमालेबाट रामबहादुर रानामगर र माओवादीबाट गणेशप्रसाद उप्रेती मन्त्री बन्ने भएका हुन्। मुख्यमन्त्री कार्कीले आजै प्रदेश प्रमुखबाट शपथ लिनेछन्। त्यसलगत्तै रानामगर र उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ। 

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीको शपथको तयारी भइरहेको छ। उनको सपथसँगै दुई मन्त्रीको पनि शपथ हुने बताइएको छ। रानामगर इलाम र उप्रेती मोरङका हुन्। उनीहरू यसअघि पनि मन्त्री भइसकेका थिए। 

एमाले प्रदेश संसदीय दलका उपनेता रानामगर कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा यसअघि मन्त्री बनेका थिए। तर, त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषद्मा सामेल भएपछि एमालेले सरकार छाडेको थियो। मन्त्री रानामगरले पदबाट राजीनामा दिएका थिए। 

उप्रेती पनि कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमाले र माओवादीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए। सरकारलाई दिएको समर्थन चैत २६ गते फिर्ता लिएपछि उप्रेतीले पदबाट राजीनामा दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.