कर्णाली चिनाउँदै दीपक

कर्णाली चिनाउँदै दीपक
सुन्नुहोस्

काठमाडौं : लगनशील, मेहनती र परिश्रमी हुने हो भने अलिपछि खेलकुदमा लागेर पनि सफल हुन सकिन्छ भन्ने एउटा उदाहरण हुन्, दीपक हमाल। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता दीपक प्लसटु सकेपछि मात्रै खेलकुदमा लागेका थिए। सुरुमा फिटनेसका लागि खेलकुद रोजेका उसु खेलाडी दीपक पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलिरहेका छन्। 

दीपकले २०६८ सालमा फिटनेसका लागि उसु रोजेका थिए। प्रकाश लामाबाट प्रशिक्षण लिएका उनले दुई वर्षपछि २०७० मा नवौं राष्ट्रिय उसु च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे। आफ्नो डेब्यु प्रतियोगितामा दीपकले पदक त जित्न सकेनन्। तर, सम्भावनाको ढोका खोल्न भने सफल भए। डेब्यु प्रतियोगितामा चौथो भएका उनले २०७३ मा विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदमा उसुको थाउलोमा स्वर्ण पदक जिते। 

आफ्नो दोस्रो सहभागितामै स्वर्ण जित्न सफल दीपकले रसियामा सन् २०१८ भएको १४औं वल्र्ड उसु च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका उनले ६८ राष्ट्रमध्ये आफूलाई २०औं स्थानमा उभ्याए। यस्तै सन् २०१९ मा चीनको सांघाईमा भएको १५औं वल्र्ड उसु च्याम्पियनसिपमा पनि उनी उत्कृष्ट २० भित्र पर्न सफल भए। त्यसपछि स्वदेशमै आयोजना भएको १३औं सागमा स्वर्ण जित्दै दीपकले इतिहास रच्न सफल भए। कोभिडका कारण दुई वर्ष अन्तर्राष्ट्रिय सहभागिता जनाउन नपाएका उनले गत वर्ष चीनको हाङचाओमा आयोजना भएको १९औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा सहभागी २०मध्ये उनले १२औं स्थान हासिल गरेका थिए। हालै चीनको जिङज्याङ सहरमा आयोजना भएको वल्र्ड कपको छनोटमा उनले दुई कांस्य पदक जिते। उनले नानछ्वान र तुइलिनमा तेस्रो स्थान हात पारेका थिए। यससँगै उनी आगामी अक्टोबरमा जापानमा हुने प्रतियोगितामा छनोट हुन पनि सफल भए।

उसु वल्र्ड कपलगायतका प्रतियोगिताका लागि खेलाडीहरूले तयारी गरिरहेका छन्। ‘उसु वल्र्ड कपलगायतका प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित प्रकाश महर्जन गुरुले प्रशिक्षण गराइराख्नु भएको छ। नेपाल उसु महासंघले पनि वैदेशिक प्रशिक्षण गराउने आश्वासन दिएको छ’, उनी भन्छन्, ‘ वैदेशिक प्रशिक्षण राम्रो भएमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन धेरै नै मद्दत पुर्‍याउँछ।’

एउटै खेलको दुई महासंघ हुँदा समस्या

दीपक दुई वटा महासंघ हुँदा समस्या भएको बताउँछन्। ‘दुई वटा महासंघ हुँदा खेलाडीले दुःख भोग्नु परिरहेको छ। कुन कामका लागि कुन महासंघमा जाने भन्ने समस्या छ’, उनी भन्छन्, अन्तर्राष्ट्रिय मान्यता प्राप्त महासंघले भने खेलाडीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। तर, पनि दुईवटा संघ हुँदा समस्या त भइहाल्छ।’

पछिल्लो समय उसुका दुई महासंघ छन्। जनक बर्तौला नेतृत्व महासंघलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिएको छ भने वीरबहादुर लामा नेतृत्वको महासंघलाई नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय उसु महासंघको मान्यता छ। 

खेलकुदबाट कर्णाली चिनाउँदै 

दीपकले राष्ट्रिय प्रतियोगिताहरू कर्णाली प्रदेशबाट खेल्दै आएका छन्। कर्णालीबाट खेल्दा आफूलाई गर्व लाग्ने दीपक बताउँछन्। ‘आफू जन्मिएको ठाउँ चिनाउन पाउँदा गर्व लाग्दो रहेछ। मलाई विभागीय टोलीबाट धेरै पटक ‘अफर’ आयो। तर, मैले विभागका नामबाट भन्दा आफ्नै प्रदेशबाट खेल्ने निर्णय गरें। कुनै पनि विभागमा गइनँ’, उनी भन्छन्, ‘तर, विभाग बाहिरका खेलाडीका लागि समस्यै समस्या छन्। सबैभन्दा ठूलो समस्या त आर्थिकै छ।’

दीपक राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षणमा सहभागी छन्। परिषद्ले बिहानको ‘डाइट’ खर्च मात्रै दिँदै आएको छ। यसले काठमाडौंमा बसेर प्रशिक्षण गर्न निकै समस्या भएको 
दीपक बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.