झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सांकेतिक तस्बिर
सुन्नुहोस्

झापा : झापाको सुरुङ्गा पुलमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

बुधबार राति ७:५५ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको थियो। मोटरसाइकल चालक खरेल र पछाडि सवार मेचीनगर नगरपालिका–१० का २९ वर्षीय प्रसन्न दनुवार घाइते भएका थिए। 

घाइतेहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक खरेललाई चिकित्सकले मृत घोषित गरेका थिए। अर्को घाइते दनुवारको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारीसाधनका बारेमा बुझ्ने कार्य भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.