लगानीकर्तालाई आधार र आकर्षण

लगानीकर्तालाई आधार र आकर्षण
सुन्नुहोस्

भनिन्छ, नेपाल लगानीका लागि उर्वर छ, र नयाँ पनि छ । धेरै क्षेत्रमा लगानीको सम्भावना भइकन कोही किन नेपालमा लगानी गर्न आउँदैन ? प्रश्न पेचिलो छ । सरकारले यसपालि वैशाख १६ र १७ गते सरकार तेस्रोपटक लगानी सम्मेलन गर्दैछ । हो, लगानीकर्तालाई डाक्नुपर्छ । सरकारले डाकेको थियो झन्डै दुई हजारलाई । हजारभन्दा बढीले आउने पक्का गरेका छन् । लगानी सम्मेलनको सोकेसमा १ सय ५२ परियोजना राखिँदैछ । ४ वटा ठूला परियोजनामा विकास सम्झौता पनि हुँदैछ । अनि अरूमा चाहिँ के होला ? अनुभव हेर्दा प्रतिबद्धतामा कमी हुने देखिन्न । २०७३ सालको पहिलो लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता आयो । २०७५ सालमा दोस्रोपटक २३ खर्बका परियोजना प्रस्तावित भए । तर आयो चाहिँ एक खर्बभन्दा कम । 

लगानी सम्मेलन गरीगरी उद्यमी र व्यवसायीलाई डाक्नु उत्तम नै हो । यसपालिका ५३ देशबाट लगानीकर्ता आउने समाचार उत्साहजनक छ । तेस्रो पटकसम्म लगानी सम्मेलन गरिरहँदा सरकारले समीक्षामा चाहिँ चुकेको प्रष्टै हुन्छ । खासै धेरै अघि होइन त्यस्ता सम्मेलन भएका । तिनको नतिजा उत्साहप्रद छैन । समीक्षा हुनुपर्ने विषय त्यो हो । तर सस्तो प्रचारबाजीका लागि सम्मेलनका सम्मेलन गरिहनु चाहिँ उपलब्धि हुन सक्दैन ।

लगानीकर्ता नगद बोकेर नेपालमा आइहाल्ने र पैसा लगाइहाल्ने वातावरण छ कि छैन, पहिलो सरकारले सोच्नुपर्ने विषय हो । अर्काे वातावरण कस्तो छ ? अन्तर्राष्ट्रिय लगानीकर्ताको मूल्यांकन कस्तो छ ? पक्कै पनि कमजोर । कानुनी उल्झन सुल्झाउन कानुन संशोधनको प्रयास सरकारले ग¥यो । तर पर्याप्त भयो त ? छैन नै । लगानीका लागि सबैभन्दा पहिला चाहिने आधार भनेको विश्वसनीय वातावरण हो । सरकारमा भइरहने फेरबदलीले त्यस्तो वातावरण धमिल्याएको छ । नीतिगत प्रष्टता नभएको प्रष्टै छ । अनि लगानीकर्तालाई हामी कसरी आकर्षित गर्छाैं ? नेपालमा लगानी नेपालीको भलो होस् भनेरमात्रै कसैले गर्दैन, ऊ धेरैभन्दा धेरै नाफा चाहन्छ ? नेपालमा हामी के विशेष सुविधा दिन्छौं भन्ने प्रश्न मुख्य हो । उद्यम, व्यवसायको सुरक्षा कस्तो बनाउँछौं भन्ने अझ टड्कारो प्रश्न छ । यस्ता मूलभूत विषयको सम्बोधन गर्न सके लगानी सम्मेलन सफल हुन्छ । पहिला त संघारमै आएको सम्मेलनलाई औपचारिक रूपमा सम्पन्न गरी सरकारले त्यस्ता प्रश्नहरूलाई सम्बोधन गर्नुपर्छ । अनि वातावरण तयार भएपछि आउँदो समयमा सम्मेलन गरे पनि वा नगरे पनि लगानी भित्रिइरहन सम्भव हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.