अर्थ सचिवमा मधुकुमार मरासिनी

अर्थ सचिवमा मधुकुमार मरासिनी

काठमाडौं : अर्थ सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले पाएका  छन्।  सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।  

अर्थ सचिव कृष्णहरि पुष्करलाई भने प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएको छ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिइन्।

पेमेन्ट गेटवे खरिद प्रकरणमा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। लगत्तै उनी निलम्बनमा परेका थिए।

विशेषबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको थियो। निलम्बन फुकुवासँगै सरकारले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.