राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचनमा जानुपर्छ : महत

राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचनमा जानुपर्छ : महत
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए।

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृद्धिलाई निष्तेज बनाउनुपर्ने बताए। अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुंगिने उनले बताए।

उनले चाडै विकास र स्थिरताप्रति सर्मथित सरकार आउने दाबी गर्दै समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने बताए। उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.