राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै ओली
काठमाडौं : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ। कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसका अवसरमा वैशाख ८ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज हलमा परिषद्को बैठक बसेको हो।
बैठकमा २ हजार ७३ जना महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी गरी २ हजार ४ सय ५४ जना सहभागी भएका छन्। एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।