जापानका परराष्ट्रमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै
काठमाडौं : जापानका परराष्ट्रमन्त्री योको कामिकावा नेपाल भ्रमणमा आउने भएका छन्। उनी वैशाख २३ गते आइबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
उनको भ्रमणका क्रममा नेपाल र जापानबीच द्विपक्षीय वार्ता हुने शर्माले बताइन्। त्यसका लागि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको संयोकत्वमा वार्ता समिति बनाइएको उनले बताइन्।